काठमाण्डौ । अमेरिकी चिकित्सकहरुले सुँगुरको किड्नी एक व्यक्तिमा ट्रान्सप्लान्ट गर्ने कार्यमा सफलता प्राप्त गरेका छन्। यो सफलताबाट अंग दानको कमीलाई पूरा गर्ने उनीहरुको आशा छ।
जुन व्यक्तिमा सुँगुरको किड्नी ट्रान्सप्लान्ट गरिएको थियो, ती व्यक्तिको पहिले नै ब्रेन डेड भइसकेको थियो। यसको मतलब यो कि ती व्यक्ति पहिलेदेखि नै कृत्रिम जीवनरक्षक उपकरणमा आश्रित थिए। उनी ठिक हुने सम्भावना नरहेको चिकित्सकहरुले बताएका छन्।
ती व्यक्तिमा ट्रान्सप्लान्ट गरिएको किड्नी जेनेटिकली मोडिफाई गरिएको सुँगुरबाट लिइएको थियो। ता कि ती व्यक्तिको शरीरले उक्त किड्नीलाई अन्य बाहिरी अंग सम्झेर स्वीकार नगरोस्।
यद्यपि यो ट्रान्सप्लान्टको समीक्षा गरिएको छैन। तर जानकारहरुले यसलाई हालसम्मकै विकसित प्रयोगका रुपमा रहेको बताइरहेका छन्।
यस किसिमको प्रयोग पहिला पनि भएको थियो। तर मानिसको शरीरमा पहिलोपटक गरिएको हो।
त्यसो त अंग ट्रान्सप्लान्टका लागि सुँगुर प्रयोग पहिले पनि गरिएको थियो। यसअघि सुँगुरको मुटुको भल्भको प्रयोग मानिसमा गरिँदै आएको छ।
चिकित्सकहरुका अनुसार सुँगुरको अंग मानव अंगसँग राम्ररी मेल खान्छ।
न्युयोर्क युनिभर्सिटीका सर्जनहरुले ती व्यक्तिमा गरिएको किड्नी ट्रान्सप्लान्टलाई अझै २ दिनसम्म नजिकबाट अनुसन्धान गर्ने काम भइरहेको जनाएका छन्। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago