काठमाण्डौ । नेकपा (एमाले)ले सुन तस्करीकाण्डको स्वतन्त्र र निष्पक्ष अनुसन्धानका लागि उच्चस्तरीय न्यायिक समिति गठन गर्न अनिवार्य रहेको जनाएको छ। 

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको केन्द्रीय सचिवालयले यस्तो निष्कर्ष निकालेको हो। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालयहुँदै भित्रिएको क्विन्टलभन्दा बढी सुनको निष्पक्ष र स्वतन्त्र अनुसन्धानका लागि उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्नुपर्ने निर्णय बैठकले गरेको छ।