काठमाण्डौ । पहेँलो धातुु सुनको मूल्यमा फेरि पहिरो गएको छ । बिहीबार एकैदिन तोलामा ५ सय रुपैयाँले भाउ घटी ५२ हजार १ सयको स्तरमा झरेको हो । 

विगत केही दिनदेखि लगातार घटिरहेको सुनको मूल्य २०७२ माघ २१ गतेकै स्तरमा पुुगेको हो । सो दिन छापावाल सुन प्रति तोलामा ५२ हजारमा कारोबार भएको थियो । 

करिब एक महिनाको अवधिमा सुनको मूल्य प्रति तोलामा ७ हजार घटिसकेको छ । यो गिरावटका कारण सुन सञ्चित गर्नेहरुले ठूलोे घाटा व्यहोर्नुपरेको छ । 

सुनको मूूल्य मंसिर २६ गते प्रति तोला ५२ हजार ६ सय कायम भएको थियो । २७ गते पनि सोही मूल्यमा स्थिर रहेको सुन २८ गते प्रति तोलामा १ सय रुपैयाँ बढेको थियो । २९ गते पुनः ५२ हजार ६ सयमै झरेको सुन बिहीबार(३०) गते भने तोलामा ५ सय रुपैयाँले घटेको हो । 

मंसिर २८ गते प्रति तोला ८ सय रुपैयाँमा कारोबार भइरहेको चाँदी समेत घटेर ७ सय ९० मा झरेको छ । 

विश्लेषकहरुले सुनको भाउ अझै घट्नसक्ने दाबी गरेका छन् । उनीहरुको अनुसार नेपाली बजारमा सुनको भाउ ४८ हजारको स्तरसम्म पुुग्नसक्छ । यस्तो बेलामा लामो समयसम्म होल्ड गर्न सक्नेले मात्र सुनमा लगानी गर्नुपर्ने उनीहरुको सुुझाव छ । लामो समयसम्म लगानी फसाउन नसक्नेले यो बेला भएको सुन बिक्री गर्नु नै बुद्धिमानी हुुने उनीहरुको भनाई छ । 

किन घटिरहेको छ मूल्य ?
सुनको भाउ अन्तराष्टिय बजारमै पनि घट्ने क्रम रोकिएको छैन । नेपालमा अन्तराष्टिय भाउको घटबढले मूल्य प्रभावित हुने हुँदा यहाँ पनि घट्ने क्रम जारी रहेको हो । 

विश्लेषकहरुले अन्तर्राष्ट्रिय बजारमा सुनको माग भन्दा आपूर्ति धेरै भएका कारण र मानिसहरुले आफूसँग भएको सुन बिक्री गरी डलरमा लगानी गर्न थालेका कारण भाउ घटिरहेको र यो क्रम अझै केही हप्तासम्म जारी रहने भन्दै नेपाली बजारमा प्रति तोला ४८ हजारसम्म झर्नसक्ने प्रक्षेपण गरेका छन् । डोनाल्ड ट्रम्पले अमेरिकाको राष्ट्रपतिमा जित हासिल गरेसँगै अमेरिकी डलर मजबुत बन्दै गइरहेको छ । यसले सुनको मूल्यमा हिट गरिरहेको हो ।

ग्लोबल मार्केटमा सुनको कारोबारमा मन्दी आएको छ । मिडिया रिपोर्टहरुका अनुसार पहिलाको भन्दा माग ९० प्रतिशत कम भइसकेको छ । यसले समेत सुनको मूल्य लगातार घटाउन उर्जा दिइरहेको छ । विश्लेषकहरुले त अझै ३ देखि ४ महिनासम्म सुनको मूल्य बढ्ने संभावना नदेखिएको बताइरहेका छन् ।

ग्लोबल मार्केटमा सुनको मूल्यमा अझै २० प्रतिशतसम्म गिरावट आउने आँकलन पनि गर्न थालिएको छ । यदि यस्तो भयो भने यसको असर नेपाली बजारमा समेत पर्ने निश्चित छ । यही कारण नेपाली बजारमा समेत सुनको भाउ प्रति तोला ५० हजार तल झर्नसक्ने संभावना बढेको छ ।  

अमेरिकामा बैंकहरुको ब्याजदर बढ्ने निकै ठूलो संभावना छ । यसले सुनको मूल्यमा आगामी दिनमा अझै ठूलो गिरावट ल्याउनसक्ने विश्लेषकहरुको भनाई छ । 

नेपालमा चाहि कालोबजारी !
मंसिर महिना लगनको महिना हो । यो समय नेपाली बजारमा सुनको अत्यधिक माग छ । तर सुन व्यवसायीहरुले मूल्य घटेका कारण भएको सुन लुकाउँदा बजारमा कृत्रिम अभाव सिर्जना भएको छ । ५९ हजार मूल्य हुँदा खरीद गरेको सुन ५२ हजारको हाराहारीमा आउँदा व्यवसायीले प्रति तोलामा ७ हजार गुमाइसकेका छन् । आगामी दिनमा अझ मूल्य घट्ने र सो अवधिसम्म सुन लुकाउने उनीहरुको तयारी बुुझ्न सकिन्छ । त्यसपछि भने सुनको मूल्यमा केही रिकभरि हुने र सोही बेला लुुकाएको सुन बिक्री गर्ने उनीहरुको दाउ रहेको स्रोत बताउँछ । अहिले सर्वसाधारण विवाहको समयमा चाहिने गरगहनाका लागि सुन पसलमा जाँदा ‘सुन नभएको’ जवाफ पाउने गरेका छन् ।