काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्य नयाँ उचाईमा पुगेको छ।

बडादसैँ अघिको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो  । यो दिन छापावाल सुनको मूल्य ५०० रुपैयाँले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको छ। महासंघका अनुसार शुक्रबार कायम यो हालसम्मकै उच्च मूल्य हो। त्यसैगरी, यो दिन तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ।

यो दिन चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदीको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।