काठमाण्डौ ।साताको दोस्रो कारोबार दिन सोमबार सुनको भाउमा गिरावट आएको छ । यो दिन सुन प्रतितोला ५०० रुपैयाँले सस्तिएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार सुनको भाउ स्थिर थियो । अघिल्लो कारोबार दिन सुन प्रतितोला १ लाख १७ हजार रुपैयाँ पुगेको थियो ।यो दिन चाँदीको मूल्य घटेको छ । यो दिन चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार चाँदी प्रतितोला १ हजार ४१५ रुपैयाँमा किनबेच भएको थियो ।