काठमाण्डौ । नेपाली बजारमा सुनको भाउमा उतारचढाव हुने क्रम जारी रहेको छ।
साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ तोलमा २०० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १५ हजार ९०० रुपैयाँ पुगेको छ भने र १ लाख १५ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनको भाउमा गत सोमबारदेखि लगातार गिरावट आएको थियो।
यता चाँदीको मूल्य भने आज तोलामा १५ रुपैयाँले घटेर १ हजार ३९० रुपैयाँमा झरेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भएको थियो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19