-धर्म मलाशी

काठमाण्डौ । बहुुमूल्य पहेँलो धातु सुनको मूल्य अहिले नेपाली बजारमा इतिहासकै उच्च विन्दुमा पुगेको छ । सुनलाई प्रतिष्ठा र सम्पन्नताको रुपमा हेरिने नेपाली समाजमा सुनको मूल्यमा भएको अचाक्ली वृद्धिले हलचल मच्चाइदिएको छ । 

केही वर्ष अघिसम्म ६० हजार रुपैयाँ प्रतितोला रहेको सुुन मूल्य अहिले बढेर ७६ हजारको उच्चतम विन्दू समेत पार गरिसकेको छ । 

सुनको मूल्य बढ्नुुमा नेपालको आन्तरिक कारणले भन्दा बढी बाह्य कारणले प्रभाव पार्छ । किनभने नेपालमा आउने सुनको मूल्य अन्तराष्ट्रिय परिघटनाबाट प्रभावित हुने गर्छ । 

नेपाली बजारमा मात्रै नभएर अहिले सुनको मूल्य अन्तराष्ट्रिय रुपमै उकालो लाग्दैछ । जसको प्रमुख कारणको रुपमा इरान र अमेरीकाबीच सिर्जित सैन्य तनाव रहेको छ । 

अहिले इरान र अमेरिका युुद्धको अवस्थाबाट गुज्रिरहेका छन् । इरानी सेनाले इराकमा रहेका अमेरिकी सेनाको बेस क्याम्पमा हमला गरेपछि तनाव झनै बढ्ने संकेत देखिएको छ । यस्तोमा विश्वभरका लगानीकर्ताले शेयरमा लगानी गरेको आफ्नो पैसा झिकेर सुरक्षित लगानीको रुपमा सुनमा खन्याइरहेका छन् । जसले गर्दा सुनको माग अत्यधिक बढिरहेको छ । अर्थशास्त्रीय नियमअनुसार सीमित मात्रामा सञ्चित रहेको सुनको मागलाई आपूर्तिले धान्न नसक्दा सुनको मूल्य ह्वात्तै बढ्न पुगेको हो ।

अहिले अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १६०० डलर पुगेको छ । जुुन सन् २०१३ मार्च यताकै उच्च हो । यदि अमेरिका र इरानबीचको सम्बन्धमा सुधार नआए सुनको मूल्य अझै बढ्नसक्ने प्रक्षेपण गर्न थालिएको छ। विश्लेषकहरुका अनुसार मूल्य बढेर प्रतिऔंस २००० डलरसम्म पुग्न सक्नेछ । यदि त्यसो भयो भने नेपालमा समेत सुनको मूल्य बढेर प्रतितोला ९५ हजार रुपैयाँको विन्दूमा पुग्नसक्नेछ ।