काठमाण्डौ । सुनको मूल्यमा बिहीबार फेरि नयाँ रेकर्ड कायम भएको छ ।
यो दिन पहेँलो धातु सुनको मूल्य बढेर हालसम्मकै सर्वाधिक प्रतितोलला ७७ हजार ६०० रुपैयाँ कायम भएको हो ।
बुधबार सुनको मूल्य प्रतितोला ७७ हजार १०० रुपैयाँको उचाईमा पुगेको थियो । हिजो रेकर्डलाई समेत ब्रेक गर्दै आज(बिहीबार) तोलामा ५०० रुपैयाँले बढी सुनको मूल्य ७७ हजार ६०० को उचाईमा पुगेको हो ।
यो दिन फाइन गोल्डको मूल्य प्रतितोला ७७ हजार ६०० र स्ट्याण्डर्ड गोल्डको मूल्य ७७ हजार ३०० कायम भएको छ ।
सुनसँगै चाँदीको मूल्य पनि बढिरहेको छ । बुधबार नेपाली बजारमा प्रतितोला ९०५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बढेर बिहीबार प्रतितोला ९१५ रुपैयाँ पुगेको हो ।
कोरोना भाइरसको संक्रमणका कारण विश्व बजारमा तेलको माग कम भई कच्चा तेलको मूल्यमा लगातार गिरावट आएपछि त्यसको प्रभाव सुनको मूल्यमा परेको हो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago