काठमाण्डौ । उतारचढावमा रुमल्लिएको पहेँलो धातु सुनको मूल्य मंगलबार घटेको छ । 

फाइन गोल्डको मूल्य नेपाली बजारमा अघिल्लो दिनको तुलनामा ५ सय रुपैयाँ घटेर प्रतितोला ७६ हजार रुपैयाँमा सीमित बन्न पुगेको हो । 

आइतबार र सोमबार गरी दुई दिन प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुुन आज केहि सस्तिएको हो । 

सुनसँगै चाँदकिो मूल्यमा पनि गिरावट आएको छ । चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले घटेको हो ।