काठमाण्डौ । पहेँलो धातु सुनको मूल्यमा गिरावटको क्रम बुधबार पनि जारी रहेको छ । 

यो दिन सुनको मूल्य प्रति तोला ७५ हजार २०० रुपैयाँमा सीमित बन्न पुगेको हो । 

अघिल्लो दिन अर्थात मंगलबार फाइन गोल्डको मूल्य नेपाली बजारमा प्रतितोला ७६ हजार रुपैयाँ कायम भएको थियो । त्यसअघि सोमबार र आइतबार भने सुनको मूल्य प्रति तोला ७६ हजार ५०० रहेको थियो । 

हिजो(मंगलबार)देखि घट्न थालेको सुनको मूल्य बुधबार पनि प्रतितोलामा ८ सय रुपैयाँले घटेर ७५ हजार २ सय कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

सुनसँगै चाँदीको मूल्य समेत घटिरहेको छ । मंगलबार प्रतितोला ८८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार भने घटेर प्रतितोला ८७५ मा सीमित बन्न पुगेको हो ।