काठमाण्डौ । राष्ट्र बैंकले सुन आयातको कोटा बढाएर दैनिक २० किलो आयात गर्न पाउने निर्णय गरेको छ । 

सुनको माग अत्याधिक बढेर बजारमा कालोबजारी बढ्न थालेपछि कोटा बृद्धि गरिएको हो। 

वाणिज्य मन्त्रालयले सहमति जनाएपछि राष्ट्र बैंकले औपचारिक रुपमा कोटा बढाउने निर्णय गरेको हो । यसअघि दैनिक १५ किलोमात्रै ल्याउन पाउने व्यवस्था थियो । राष्ट्र बैंकले सुन आयात गरेर व्यवसायीलाई विक्री गर्ने अनुमति वाणिज्य बैंकलाई मात्र दिएको छ । वाणिज्य बैंकहरुले पालैपालो दैनिक १५ किलो सुन आयात गर्न पाउँछन् । यो खबर आजको कान्तिपुरमा छापिएको छ ।