काठमाण्डौ । सरकारले सुन तस्करीको विषयमा छानबिन गर्न पूर्वन्यायाधीशको संयोजकत्वमा छानविन समिति गठन गरेको छ ।

सोे समितिलाई सुझावसहितको प्रतिवेदन बुझाउन भनिएको छ  । चार सदस्यीय छानबिन समितिमा अर्थ मन्त्रालयका किशोरजंग कार्की र गृह मन्त्रालयका प्रेमराज जोशी र पूर्वएआईजी सहकुल थापा रहेका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले गृह मन्त्रालयको प्रस्तावमा उच्च अदालतका पूर्व न्यायाधीश डिल्लीराम आचार्यको नेतृत्वमा चार सदस्यीय छानबिन आयोग बनाउने निर्णय गरेको सरकारकी प्रवक्ता मन्त्री रेखा शर्माले बताइन् ।