काठमाण्डौ । नेपाली बजारमा पहेंलो धातु सुनो मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आइतबार तोलामा १ हजार ३०० रुपैयाँले घटेको हो ।
शुक्रबार प्रतितोला १ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य यो दिन १ लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, तेजाव सुन तोलामा १ लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी, यो दिन चाँदीको मूल्य ३५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ।
यसैगरी, अन्तरराष्ट्रिय बजारमा पनि सुनको भाउ घटेको छ । यो दिन अन्तरराष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस २ हजार ४ डलरमा कारोबार भइरहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19