gold-silver
काठमाण्डौ । ब्रेक्सिट(बेलायत युरोपियन युनियनबाट अलग हुने)को जनादेशपछि सुरक्षित हुने आशाले सुनचाँदीमा लगानीकर्ता थुप्रिएका कारण अन्तर्राष्ट्रिय बजारमा तीव्र गतिमा उकालो लागेको सुनको भाउ बुधबार १२ दिनअघिकै उच्च विन्दूमा पुगेको छ ।
असार १० गते बेलायत युरोपियन युनियनबाट अलग हुने जनमत संग्रहको ताजा परिणामपछि एकाएक सुनको भाउ नेपाली बजारमा एकैदिन प्रति तोलामा ३ हजार रुपैयाँले वृद्धि भई ५९ हजार रुपैयाँ पुगेको थियो । यो मूल्य असार ११ गते पनि कायमै रह्यो । त्यसपछि उच्च विन्दूमा पुगेको सुनको भाउमा सामान्य करेक्सन भएर असार १६ गते प्रति तोला ५८ हजार रुपैयाँमा ओर्लिए पनि त्यसपछि पुनः बढ्न थालेको हो ।
दैनिकजसो बढिरहेको सुनको भाउ १२ दिनपछि पुनः असार १० गतेकै उच्च विन्दूमा आइपुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार नेपाली बजारमा सुन प्रति तोला ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य ३० महिनाकै उच्च हो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको उकालो यात्रामा ब्रेक नलागेकोले र लगानीकर्ता पहेंलो धातुमै लगानी गर्न अग्रसर भइरहेकाले यो मूल्य अझ माथि पुग्नसक्ने आँकलन गरिएको छ ।
सुनसँगै चाँदीको भाउले समेत ऐतिहासिक उचाई चुमेको छ । सुनभन्दा चाँदीको माग अन्तर्राष्ट्रिय बजारमा बढेका कारण त्यहाँ उच्च विन्दूमा पुगेको र त्यसको असरले नेपाली बजारमा समेत यसको मूल्य उच्च बन्न पुगेको हो । ब्रेक्सिटको दिन असार १० गते नेपाली बजारमा चाँदी प्रतितोला ८ सय २० रुपैयाँ कायम भएको थियो । त्यसपछि सुनको तुलनामा चाँदीको वृद्धि अचाक्ली भइरहेको छ । सुन १२ दिनपछि असार १० गतेकै उच्च विन्दूमा अडिए पनि चाँदी चाहि यो अवधिमा तोलामा ९५ रुपैयाँ बढिसकेको छ । बुधबार नेपाली बजारमा चाँदी प्रति तोला ९ सय ५ रुपैयाँको दरले खरीदबिक्री भइरहेको महासंघले जनाएको छ । चाँदी पनि आगामी दिनमा अझ माथि पुग्नसक्ने बजार विश्लेषकहरुले दाबी गरिरहेका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago