बेँसीसहर(लमजुङ)। निर्माण सुरु हुनलागेको सुपर न्यादी जलविद्युत् आयोजनामा सर्वसाधारणका लागि लगानी खुला गरिएको छ ।
भुलभुले र बाहुनडाँडामा रहेको ङादी खोलामा निर्माण गर्न लागिएको ४०.२७ मेगावाटको सो आयोजनाले प्रभावित क्षेत्र, जिल्लावासी र जिल्ला बाहिरकालाई समेत लगानी खुल्ला गरेको हो ।
आयोजनाले सदरमुकाम बेँसीसहरमा बिहीबार भेला डाकेर लगानी खुला गरिएको जानकारी गराएको हो ।
आयोजना प्रवर्द्धक कम्पनीका प्रबन्ध सञ्चालक शैलेन्द्र गुरागार्इंले स्थानीय जनतालार्इ प्राथमिकतामा राखेर शेयर निष्काशन गरिने बताए।
आयोजनामा लगानी गर्नेले ५० प्रतिशतका दरले दुई किस्तामा रकम बुझाउन सक्ने उनले बताए। पहिलो किस्ता आगामी भदौ महिनामा र दोस्रो किस्ता २०७५ सालको भदौ मसान्तभित्र बुझाउन सक्ने व्यवस्था मिलाइएको छ । केही महिनाभित्रै वित्तीय व्यवस्थापन गरेर निर्माण सुरु गर्ने लक्ष्य रहेको सो आयोजनामा २०७९ सम्ममा निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिने सञ्चालक गुरागार्इंले बताए।
आयोजना सम्पन्नपश्चात् प्राधिकरणले तोकेको रेटअनुसार वर्षातको छ महिना अवधिमा प्रतियुनिट चार रुपैयाँ ८० पैसा र बाँकी छ महिना आठ रुपैयाँ ४० पैसाको दरले विद्युत् खरिद गर्नेछ ।
आयोजना निर्माणका क्रममा ङादी खोलाको ६.८ घनमिटर प्रतिसेकेन्ड पानीलाई ३० मिटर लामो र तीन मिटर उचाइको बाँध बाँधी तीनवटा ओरिफिम भएको तीन मिटर चौडाइ र १.५ मिटर गहिराइ भएको इन्टेक हुँदै ७२ किलोमिटर लामो तथा १८ मिटर चौडाइको बालवा थिग्र्याउने पोखरीमा ल्याइने छ ।
उक्त पानीलाई सुरुङमार्फत बाहुनडाँडाको काफलडाँडामा निर्माण गरिने सर्ज ट्याङ्क हुँदै पेनस्टक पाइपमार्फत तालकुना भन्ने ठाउँमा पावर हाउस निर्माण तथा ६९७.७ मिटर हेड प्राप्त गरी ४०.२७ मेगावाट विद्युत् उत्पादन गरिनेछ । आयोजनाको कुल ७०० करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago