काठमाण्डौ । सुपरमाई हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ।

सुपरमाई हाइड्रोपावरले आईपीओ निष्कासनको अनुमति माग्दै गत सोमबार (मंसिर २० गते) नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको हो। 

सुपरमाई हाइड्रोपावरले १०० रुपैयाँ अंकित दरका कुल १० लाख कित्ता आईपीओ निष्कासनका लागि अनुमति मागेको छ। यो आईपीओ कम्पनीले स्थानीय र सर्वसाधारणका लागि निष्कासन गर्नेछ। 

आईपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।