काठमाण्डौ । सुपर माई हाइड्रोपावर लिमिटेडको आईपीओ भर्ने आज माघ २६ गते अन्तिम दिन रहेको छ। 

यो कम्पनीले गत माघ २३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले जनाएको छ।

कम्पनीले जारी पुँजी ५० करोड रुपैयाँको १० प्रतिशत हुन आउने ५ करोड रुपैयाँबराबरको आईपीओ जारी गरेको छ। जसअनुसार १०० अंकित दरका कुल ५ लाख कित्ता आईपीओ जारी गरिएको छ। 

कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने ५० कित्ता हजार सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरिसकिएको छ। त्यस्तै ५ प्रतिशतले हुन आउने २५ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १० हजार कित्ता कर्मचारीलाई छुट्याएको छ। बाँकी ४ लाख १५ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्। 

सीडीएससीको तथ्यांकअनुसार हिजो (माघ २५ गते)सम्म यो आईपीओमा १० लाख ६८ हजार ८५० आवेदकबाट कुल १ करोड १९ लाख ९१ हजार १९० कित्ताका लागि खरिद आवेदन परेको छ । जुन मागभन्दा २८.८९ गुणाले बढी हो।

मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसअनुसार भाग्यमानी ४१ हजार ५०० जनाले १० कित्ताका दरले सेयर पाउनेछन्।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा २० हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।

यो आईपीओको निष्कासन बन्द छिटोमा माघ २६ गते र ढिलोमा फागुन ८ गते बैंकिङ समयपछि हुनेछ।