– अर्जुन तिमिल्सिना
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लगानीकर्ताको रोजाइमा पर्न सफल बैंकहरुमध्ये एउटा हो। विकास बैंकहरुमध्ये मुक्तिनाथ मजबुत र अब्बल बैंक मानिन्छ।
खासगरी ग्रामीण बस्तीलाई आधार बनाएर यो बैंक सन् २००७ मा स्याङ्जाको पुतलीबजारमा प्रधान कार्यालय खोलेर स्थापना भएको थियो। स्थापनाकालमा स्याङ्जा, कास्की र तनहुँलाई कार्यक्षेत्र बनाएको यो बैंकको त्यतिबेलाको चुक्तापुँजी १ करोड ३० लाख रुपैयाँमात्रै थियो। हाल राष्ट्रियस्तर बनेको यो बैंकको चुक्तापुँजी साढे ५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ।
बैंकले आफ्नै क्यापिटल, रेमिट्यान्स तथा मुक्तिनाथ कृषि कम्पनी पनि सञ्चालनमा ल्याएको छ।
गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म यो बैंकको चुक्तापुँजी ५ अर्ब ६५ करोड रुपैयाँ बढी छ। जगेडा कोषमा १ अर्ब ५६ करोड रुपैयाँ र रिटेन अर्निङमा ५५ करोड ३४ लाख रुपैयाँभन्दा बढी रहेको छ।
तेस्रो त्रैमाससम्म यो बैंकको ईपीएस २४.०४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३७.४१ र प्रतिसेयर कुल सम्पति २०८१.८९ रुपैयाँ रहेको छ। खराब कर्जा ०.१७ प्रतिशत रहेको छ।
यो बैंकको १० वर्षको वार्षिक औसत लाभांश दर २७.६ प्रतिशत रहेको छ। बैकले विभिन्न समयमा चारपटक २० प्रतिशत, ४० प्रतिशत, ५० प्रतिशत र २५ प्रतिशत हकप्रद सेयर बिक्री गरिसकेको छ।
प्राविधिक पक्ष
इलिअट वेभका आधारमा
इलिअट वेभमा बजार माथि जान पाँच फरक–फरक वेभ हुन्छन भने तल जान तीन वेभ हुन्छन्। माथि लाग्ने पाँच वेभमा पनि तीनवटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३ र ५ चढावको हुन्छन् भने २ र ४ मा करेक्सन हुन्छन्। वेभ ५ को करेक्सन वेभ ‘ए’ हो। वेभ ‘ए’, ‘बी’ र ‘सी’ बजार तल जाने संकेत गर्छ।
यो बैंकले बनाएको इलिअट वेभको रेखाचित्र र फिवोनासीलाई संयुक्त रुपमा जोडेर हेर्दा हाल माइनर डिग्रीको वेभ १ चलेको देखिन्छ। वेभ १ सेयरमूल्य बढेर ४८५ रुपैयाँसम्म पुग्न सक्ने देखिन्छ। वेभ २ मा करेक्सन भएर ४४१ रुपैयाँसम्म हुन सक्छ। फेरि वेभ ३ बढेर पुनः ५५६ रुपैयाँसम्म पुग्ने देखिन्छ। वेभ ४ बन्दा सामान्य करेक्सन भएर ५१७ रुपैयाँसम्म आउन सक्छ। त्यसपछि माइनर डिग्रीकै वेभ ५ तथा फिवोनासीको २.६१ प्रतिशतको वृद्धिमा यो बैंकको सेयरमूल्य अबको एक वर्षभित्र ६७० रुपैयाँसम्म पुग्न सक्ने देखिन्छ। (मुख्य तस्बिरमा हेर्नुहोस्)
बोलिंगर ब्यान्ड, म्याक्डी र आरएसआईका आधारमा
यो बैंकले बनाएको बोलिंगर ब्यान्डलाई साप्ताहिक चार्टमा हेर्दा यो साता मूल्यरेखाले मध्य ब्यान्डलाई ब्रेक गरेर माथि गएको देखिन्छ (हेर्नुहोस् कालो एरो)। यसले बैंकको सेयरमूल्यमा अप्पर ब्यान्डसम्म जाने सम्भावना देखिन्छ।
त्यसैगरी म्याक्डीमा पनि बुलिस क्रसओभर भएर हिस्टोग्राम सकारात्मक भएका छन्। (हेर्नुहोस् कालो एरो)
साप्ताहिक चार्टमै आरएसआई पनि न्यून न्न्दिु ३० बाट बढेर ५० को न्युट्रल जोनमा पुगेको छ। अघिल्लोपटक यस्तो विन्दु ८० को तहसम्म पुगेको थियो।
सुपर ट्रेन्डका आधारमा
सुपर ट्रेन्डमा यो बैंकको सेयरमूल्य बुलिस देखिन्छ। यो औजारअन्तर्गत यदि मूल्यरेखाले सुपर ट्रेन्डलाई तलबाट काटेर माथि जान्छ र रेखा हरियो बन्छ भने बैंकको सेयरमा खरिद सिग्नल आएको बुझिन्छ। यसविपरीत यदि मूल्यरेखाले सुपर ट्रेन्डलाई माथिबाट काटेर तल झर्छ र सुपर ट्रेन्डको रङ रातो बन्छ भने त्यस अवस्थामा बिक्री सिग्नल बनेको बुझिन्छ र सेयरमूल्यमा गिरावट आउने गर्छ। (हेर्नुहोस् रातो एरो)
पिभट विश्लेषणका आधारमा
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।
बढेमा प्रतिरोध
पिभट प्वइन्ट : ४२२
घटेमा सपोर्ट
निष्कर्ष
मुक्तिनाथ आधारभूत रुपमा एउटा बलियो विकास बैंक हो। यो बैंकलाई प्राविधिक रुपमा हेर्दा लामो समय न्यून विन्दुमा बसेर पुनः माथिको यात्रा तय गर्दै गरेको बुझिन्छ।
इलिअट वेभमा यो बैंकले वेभ १ बनाउँदै गरेको र वेभ २ मा केही करेक्सन भएपछि भने बैंकको सेयरमूल्यले केही समय बढोत्तरी बनाउन सक्ने देखिन्छ। अन्य इन्डिकेटरले भने सामान्य बढोत्तरीमा लागेको र सुपर ट्रेन्डले खरिदको सिग्नल दिएको देखिन्छ।
नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण हो। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19