काठमाण्डौ । माछापुच्छ्रे बैंकले झापाको सुरुंगा बजारमा अवस्थित स्थानीय व्यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण गरी डिजिटल कारोबारको सुरुआत गरेको छ।
नगदरहित कारोबारलाई प्रवर्द्धन गर्ने तथा ग्राहक तथा व्यापारीलाई सहज डिजिटल बैंकिङ सेवाको पहुँच पुर्याउने लक्ष्यका साथ सुरु गरिएको उक्त सेवाको कन्काई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेल र नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले संयुतm रुपमा औपचारिक उद्घाटन गरेका थिए। कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले आगामी दिनमा डिजिटल बैंकिङको अपरिहार्यताका बारेमा प्रकाश पारेका थिए।
माछापुच्छ्रे बैंक पूर्वी क्षेत्रका प्रमुख व्यवसाय अधिकृत डिल्लीराम गिरीबाट उद्घोषित कार्यक्रममा माछापुच्छ्रे बैंक प्रदेश नं. १ का प्रदेश प्रमुख दिपेन्द्रप्रसाद वाग्ले र दायित्व तथा बाहिय मामिला विभाग उपप्रमुख प्रतिमा पाण्डेको उपस्थितिले स्थानीय व्यवसायीहरुलाई क्यूआर कोड र डिजिटल बैंकिङका बारेमा थप जानकारी लिन सहज भएको थियो।
क्यूआर कोड सेवा सुरु भएसँगै ग्राहकहरुले आफूले उपभोग गरेको बस्तु तथा सेवाको रकम भुक्तानी सिधै आफ्नो बैंक खाताबाट भुक्तानी गर्न सक्नेछन्। आफूले प्रयोग गरेको वस्तु तथा सेवाको आफ्नै बैंक खातामार्फत डिजिटल भुक्तानी गर्दा ग्राहकका साथै व्यापरीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानीको विकास हुने, व्यापारीलाई हरेक दिन आफूले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानुनपर्नेलगायतका थुपै सुविधाहरुका कारणले गर्दा क्यूआर कोड सेवाको पछिल्लो समय सबै वर्ग र क्षेत्रमा आर्कषण बढ्दै गएको छ।
यिनै कुरालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंकले पछिल्लो समय देशका धेरैजसो स्थानहरुमा आक्रमक रुपमा यो सेवा प्रदान गर्दै आइरहेको छ।
स्थापनाकालदेखि नै नयाँ–नयाँ प्रविधिमा आधारित सेवा–सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैंकले हालैमात्र नेपाली कमर्सियल बैंकिङ इतिहासमा पहिलोपटक आफ्नै मोबाइल वालेट रेमिट्याप सञ्चालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाहरु जस्तै– मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा, अनलाइनमार्फत खाता एवं मुद्दति खाता खोल्नेलगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहकमाझ ल्याइसकेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19