काठमाण्डौ । आज सुरुआती चरणमा झन्डै ३५ अंकले बढेको बजार बन्द हुँदा १२ अंकले घटेको छ। मूल्यरेखा बोलिंगर ब्यान्डको मध्यरेखाभन्दा माथि नै कारोबार भएको छ।
बजारलाई इचिमोकु, म्याक्डी र आरएसआईमार्फत हेर्दा भने बुलिस मुभमेन्टम सुरु हुँदै गरेको तर कन्फर्मेसन भने नभइसकेको अवस्था देखिन्छ। इचिमोकुमा बेस लाइनलाई कन्भर्जेन्स लाइनले तल बाटकाटेको छ (हेर्नुहोस् इचिमोकुमा कालो एरो) र बुलिस क्रसओभर भएको छ। यस्तो अवस्थामा बजारमा इन्ट्री गर्ने समय मानिन्छ।
यसविपरीत यदि बेस लाइनलाई कन्भर्जेन्स लाइनले माथिबाट काटेको खण्डमा बजारबाट निस्कन सकिन्छ। (हेर्नुहोस् रातो एरो)
इचिमोकुमा कन्फर्मेसन नै मिलेको अवस्था भने होइन। यसका लागि ल्यागिङ स्पान पोजिसनले पनि मूल्यरेखालाई काट्नुपर्छ र क्लाउड पोजिसन पनि रातोबाट हरियो हुनु पर्छ। जुन अहिले भइसकेको अवस्था छैन।
इचिमोकुमार्फत भन्नुपर्दा अहिले बजार पस्न सुरु गर्न सकिने अवस्था भने देखिन्छ। इचिमोकुमा बजारको अहिलेको मुमेन्टम ल्यागिङ स्पान पोजिसनबाट पत्ता लगाइन्छ। यसले हुक बनाएर मूल्यरेखातर्फ आकर्षित भएका काराण बजारको मुमेन्टम विस्तारै अब बुलिस हुँदै गएको बुझिन्छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19