काठमाण्डौ । राष्ट्रिय समस्याका रुपमा स्थापित नवलपरासीको सुस्तामा प्रत्येक वर्ष दोहोरिने बाढी र डुबानको समस्या समाधान गर्न विनोद चौधरीले कूटनीतिक पहल अगाडि बढाएका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीनिकट मानिने चौधरीले नारायणी नदीका कारण प्रत्येक वर्ष सुस्ता, प्रतापपुरलगायत देखिएको बाढी तथा डुबानको समस्यालाई भारतसँग अनौपचारिक रुपमा छलफल तथा कूटनीतिक पहलद्वारा समस्या समाधान गर्नु पहल अगाडि बढाएका हुन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगपति चौधरी आसन्न प्रतिनिधिसभातर्फ हाल नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को निर्वाचन–१ बाट चुनावी प्रतिस्पर्धामा छन्।
मतदातामाझ पुगेका चौधरीसँग मतदाताले नारायणी नदीका कारण हुने बाढी–डुबानको दीर्घकालीन रुपमा समस्या समाधान गर्न माग गरेपछि चौधरीले आफ्नो पहल अगाडि बढाएका हुन्।
त्यस क्षेत्रमा बाढीका कारण करिब १० हजार परिवारपीडित छन्। अझ यस क्षेत्रमा बर्सेनि समस्याका रुपमा देखिएको बाढी तथा डुबानको समस्यालाई समाधान गर्न दीर्घकालीन सिँचाइ योजना अगाडि बढाउनुपर्ने अजेन्डा अघि बढाएपछि आममतदाता चौधरीप्रति आशावादी बनेको देखिन्छ। यसबारेमा समेत चौधरीले भारतस्थित जलस्रोतसम्बन्धी निकायसँग परामर्श गरी नारायाणी नदीबाट बर्सेनि हँुदै आएको डुबान तथा कटानको समस्या समाधान गर्न पहल अघि बढाएका छन्।
भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग निकट मानिने चौधरीले विशेषगरी सुस्ता र नारायणी नदीमा देखिएको समस्या दीर्घकालीन रुपमा समाधान गर्न भारतीय उत्तर प्रदेशदेखि संघीय सरकारमा आफ्नो व्यक्तिगत र सरकारीस्तरमा समेत पहलकमदी अघि बढाएका छन्।
यतिबेला राष्ट्रिय राजनीतिमा चुनावी क्षेत्रमध्ये पश्चिम नवलपरासीको संघीय निर्वाचन क्षेत्रमा नं. १ समेत निकै चर्चामा छ। कांग्रेसका नेता एवं नेपालका एकमात्र अर्वपति वरिष्ठ उद्योगपति विनोद चौधरी चुनावी प्रतिस्पर्धामा रहेका कारण नेपालभित्र मात्र होइन नेपालबाहिरसमेत चुनावी रौनक आएको हो।
विशेषगरी त्रिवेणी छोटी भन्सार कार्यालयबाट दिइने सेवा विस्तार, राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्वपश्चिम राजमार्ग बुटवल–नारायणगढ सडकखण्डको सडक विस्तार आयोजनाको काममा गर्नुपर्ने तीव्रतालगायतका काममा थालेको पहलले सरोकारवाला निकायमा समस्या समाधान गर्न क्रियाशील भएको पाइन्छ।
यसैगरी यसअगावै पश्चिम नवलपरासीकै ग्रामीण क्षेत्रसहित नारायणी नदी आसपास क्षेत्रमा गुगल म्यापका भारतीय क्षेत्र देखिएका कारण बैंक तथा वित्तीय संस्थाहरुले त्यस क्षेत्रमा गर्न नमान्ने लगानी तत्काल अगाडि बढाउन चौधरीले बैंक तथा वित्तीय संस्थाहरुमा पहल थालिसकेका छन्।
यसैगरी चौधरीले विशेषगरी यस क्षेत्रमा देखिएको युवा जनशक्तिलाई स्वरोगारतर्फ उन्मुख गराउन भर्खरैमात्र आफ्नो र आफ्नो परिवारको लगानी भएको सिजी पोलिटेक्निकको कार्यालय स्थापना भएपछि पनि यस क्षेत्रमा युवा जनसमुदायको चौधरीले मन जित्न सफल भएका देखिन्छ।
विनोद चौधरी एक सफल उद्योगपति भएकोले उनले बोलेका र सोचेका हरेक कार्य सफलतापूर्वक सम्पन्न गर्ने हुँदा यस क्षेत्रको विकासका लागि आफ्नो तर्फबाट लाग्ने स्थानीय मतदातामा आशा पलाएको मान्न सकिन्छ।
चौधरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रतिनिधिसभा निर्वाचन १ का मतदाताका घर–घरमा फरक शैलीका चुनावी प्रचारमा छन्। निर्वाचनलाई लक्षित हुँदै प्रत्येक क्षेत्रको समस्या बुझ्न मतदाताका घर–घरमा उम्मेदवार चौधरी पुग्न थालेका छन्।
मतदातालाई रिझाउन चौधरी कहिले मोटरसाइकलमा चढेर, कहिले पैदलयात्रा त कहिले गाउँले ट्याक्टरमा बसेर जनताको प्रत्यक्ष सेवकका रुपमा मतदाता भेटघाटमा व्यस्त छन्। कहिले किसानको घरआँगनमा पुगेर किसानको चौतर्फीबारेमा जिज्ञासा राख्ने, कहिले किसानको खेतमै पुग्ने त कहिले स्थानीयसँग बसेर कागजको प्लेटमा भात खाँदै आफू सरल स्वाभावको उम्मेदवार भएको भन्दै प्रचारप्रसारमा व्यस्त भएका छन्।
अझ विशेषगरी चुनावी प्रचारप्रसारकै क्रममा नवलपरासी रहँदा विभिन्न समस्या समाधान गर्न चौधरीले देखाएको पहल कदमप्रति आममतदाताले चासोका साथ हेरेका छन्। नवलपरासीमा प्रचारप्रसारका लागि केही दिनअघि आएका चौधरीले तत्कालै गर्न सकिने विभिन्न समस्याहरु समाधान गर्न पहल थालेका छन्।
छोटो समयमै देखिएको र मतदातासामु बोलेका कुरालाई तत्काल कार्यान्वयन गर्न चौधरीले देखिएको चासोप्रति आम मतदाताको ध्यान केन्द्रिय भएको पाइन्छ। चौधरीले यसबाहेक यस क्षेत्रमा देखिएको केरा उत्पादनको बजारीकारणमा देखिएको समस्या समाधान गर्न भर्खरैमात्र केराजन्य उत्पादनका लागि उद्योग स्थापनाको काम सुरु गरिसकेका छन्।
चौधरीले मतदातासामु बोलेका कुरालाई दीर्घकालीन रुपमा व्यवस्थापन गर्न लागेका छोटो समयमा मतदाताले देख्न पाएपछि आममतदातामा चौधरीको लोकप्रियता झन बढ्दै गएको पाइन्छ। अझ विशेषगरी यस क्षेत्रमा लामो समयदेखि देखिएको उखु किसानको भुक्तानीको समस्या समाधान गर्न उद्योगीव्यासायीमार्फत पहलकदमी सुरु गरिसकेका छन्।
अहिलेकै राजनीतिक शैली र प्रवृत्तिबाट परिवर्तन सम्भव नदेखेरै आफू प्रत्यक्ष राजनीतिमा आएको चौधरीको भनाइ छ। ‘विकास र समृद्धिका लागि राजनीति र शासन व्यवस्थाको केन्द्रमा आर्थिक प्रणालीलाई सन्तुलन राख्नुपर्ने भएकाले म राजनीति आएको हुँ’, उनले भने।
एक राजनीतिज्ञमा व्यवस्थापनसम्बन्धी ज्ञान पनि हुनुपर्ने चौधरीको तर्क छ। ‘एउटा विनोद चौधरीमात्रै होइन, आ–आफ्नो क्षेत्रमा सफल भएका, कुशल व्यवस्थापक, देशका लागि कार्यान्वयनयोग्य, जनमुखी भिजन भएकाहरु राजनीतिमा आउनैपर्छ’, उनले भने, ‘मेरो सक्रियता एउटा सन्देश पनि हो।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago