काठमाण्डौ । धितोपत्र कारोबार मापक नेप्से परिसूचक झिनो अंकले गिरावट आएको छ ।
केही दिनयता बजारको ओरालो यात्रा जारी छ । सूचकको गिरावटसँगै कारोबार रकम समेत निरन्तर ओरालो लागिरहेको देखिन्छ । सूचकको गिरावटसँगै दैनिक कारोबार रकमसमेत निरन्तर ओरालो लाग्दा लगानीकर्तामा आत्मविश्वासमा कमी आइरहेको छ ।
नेप्से २६४१ विन्दू पुगेर केही समययता निरन्तर करेक्सन फेजमा रहेको विश्लेषकहरु दाबी गर्छन् । निकै छोटो समयमा उकालो लागेको बजारमा करेक्सनको आवश्यकता देखिएको जिकिर गर्दै विश्लेषकहरु अझै बजार घट्ने तर्क गर्छन् ।
सूचकले छोटो समयमा छलाङ मारेपछि मनग्यै कमाएका लगानीकर्ताहरुले हिजोआज बैंकबाट लिइएका सेयर धितोकर्जासमेत फुकुवा गरिरहेका समाचार स्रोतहरु बताउँछन् । सूचक बढ्दै जाँदा जोखिम पनि बढ्दै जाने भएकाले पनि लगानीकर्ताहरु ऋणमुक्त हुन खोजेकोे र बजारले आगामी दिनमा मुभमेन्ट ल्याउन थालेपछि पुनः बजार प्रवेश गर्ने तयारीमा रहेका देखिन्छन् । अझै केही समय बजार लगभग साइडवेजमा नै जाने स्रोत दाबी गर्छ ।
नेप्सेले २५०७ विन्दूलाई ब्रेक गर्न नसकेकाले अझै केही समय बजारमा गिरावट आउने र सो गिरावटलाई खरिदको अवसरमा सदुपयोग गर्नुपर्ने प्राविधिक विश्लेषकहरुको मत छ ।
आज बुधबार आज ३.४० अंकले मात्रै घटेको छ भने। योसँगै नेप्से परिसूचक २४५८.४८ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सेन्सेटिभ भने ०.०२ अंकले उकालो लागेर ४४५.२३ को विन्दुमा उक्लिएको छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ७ वटामा हरियाली छाएको छ भने बाँकी ६ वटामा रातो पोतिएको छ।
यो दिन व्यापार समूहमा सबैभन्दा बढी २९६.९७ अंकले उकालो लागेको छ। होटल तथा पर्यटन समूह ५१ं.७२ अंकले वृद्धि हुँदा जलविद्युत् र वित्त समूह क्रमशः ४.१८ र ४.५३ अंकले बढेको छ । यसैगरी उत्पादन तथा प्रशोधन समूह र अन्य समूह पनि ९५.७६ र ३८.७३ अंकले बढेका छन् । आज लगानी समूहमा ०.०२ अंकको मात्र बढोत्तरी भएको छ।
आज जीवन बीमा समूह सर्वाधिक १२८.८३ अंकले ओरालो लागेको छ। निर्जीवन बीमा समूह १२७.३६ अंकले घटेको यो दिन बैंकिङ समूहमा १०.९ अंक, विकास बैंक समूहमा १०.८४ अंक, लघुवित्त समूहमा ४०.०१ अंकको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २०५ कम्पनीका ७८ लाख १६ हजार ८७४ कित्ता सेयर ४ अर्ब १० करोड ४ लाख ६ हजार ३३६ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन नेपाल टेलिकमको सर्वाधिक ५५ करोड ७० लाख रुपैयाँ बढीको कारोबार भएको छ। यो कम्पनीले प्रदान गर्ने ४० प्रतिशत लाभांश पाउने अन्तिम दिन भएकाले आज सबैभन्दा बढी कारोबार भएको हो । निफ्राको २० लाख ७१ हजार २५ हजार रुपैयाँबराबरको कारोबार भएको आज अरुण भ्याली हाइड्रोपावरको १४ करोड ६६ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्स कम्पनीको १३ करोड ४९ लाख रुपैयाँ, शिखर इन्स्योरेन्स कम्पनीको १२ करोड ६२ लाख रुपैयाँ, नेपाल पुर्नबीमा कम्पनीको १२ करोड २ लाख रुपैयाँ, नेको इन्स्योरेन्सको ११ करोड १३ लाख रुपैयाँ, नेपाल लाइफको १० करोड ४१ लाख रुपैयाँ, स्वबलम्बन लघुवित्तको ९ करोड ६६ लाख रुपैयाँ र अपिको ९ करोड ४० लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज ३ वटा कम्पनीका सेयरधनीहरु मालामाल भएका छन्। ती कम्पनीका सेयरमूल्य करिब १० प्रतिशत हाराहारीले बढेका हुन् । चन्द्रगिरी हिल्स,घलेम्दी हाइड्रोपावर र नेपाल हाइड्रो डेभलपरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा बढेर पोजेटिभ सर्किट लाग्दा सेयरधनीहरु मालमाल भएका हुन्।
यो दिन रैराङ हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो हाइड्रोपावरको सेयरमूल्यमा ४.६० प्रतिशत गिरावट आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago