काठमाण्डौ । धितोपत्र व्यवसायीहरुबीच समेत मर्जर वा एक्वीजिसनको नीति ल्याइने भएको छ ।
धितोपत्र बोर्डले आर्थिक वर्ष २०७५/७६ मा यस्तो नीति तर्जुमाको कार्यक्रम तय गरेको हो ।
बोर्डले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सूचिकृत कम्पनीसँगै धितोपत्र व्यवसायीहरु एकआपसमा गाभ्ने तथा गाभिने सम्बन्धी नियमावली तर्जुमा गर्ने बताएको छ ।
यस्तै, सरकारले बजेटमा समेटेको प्राइभेट इक्वीटी, भेञ्चर क्यापिटल र हेज फण्ड लगायतका नयाँ संस्थाहरुलाई पूँजीबजारमा प्रवेश गराइने कार्यक्रम समेत बोर्डले समेटेको छ । ती कार्यक्रम कार्यान्वयनका लागि यस्ता संस्था तथा औजारमार्फत स्वदेशी तथा गैरआवासीय नेपाली लगायत वैदेशिक पूँजी समेत परिचालन हुनसक्ने गरी वैकल्पिक लगानी कोष नियमावली बनाई लागू गर्ने समेत बोर्डले जनाएको छ ।
भित्री सूचनाका आधारमा हुने कारोबारलाई निरुत्साहित गरी धितोपत्रको दोश्रो बजार कारोबारलाई विश्वसनीय बनाउन भित्री कारोबार बन्देज नियमावली समेत तर्जुमा गर्ने बोर्डको नीति छ ।
बोर्डले सोमबार एक पत्रकार सम्मेलनका आयोजना गरी नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
हरेक आर्थिक वर्षका लागि बोर्डले नीति तथा कार्यक्रम सार्वजनिक गर्न थालेको यो दोश्रो पटक हो । अघिल्लो वर्षदेखि बोर्डले नीति तथा कार्यक्रम सार्वजनिक गर्न थालेको हो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago