काठमाण्डौ । सूचीकृत सङ्गठित संस्थाहरूको 'संस्थागत सुशासन सम्बन्धी निर्देशिका- २०७४' आजदेखि लागू भएको छ ।
नेपाल धितोपत्र बोर्डबाट सूचीकृत संगठित संस्थाहरुको कामकारवाहीलाई नियमित एवं व्यवस्थित गरी शेयरधनीलगायत अन्य सम्पूर्ण सरोकारवाला पक्षहरुप्रति सम्बन्धित संस्थालाई उत्तरदायी बनाई धितोपत्र बजारलाई थप व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउन २०७४ माघ २५ मा सूचिकृत सङ्गठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७४ छ महिनाको समय दिई यही २०७५ साउन १ देखि लागू गर्ने निर्णय गरेको थियो । सुशासन सम्बन्धी निर्देशिकामा बोर्डले संसोधनसहित कार्यान्वयनमा आउने प्रष्ट्याएको छ ।
प्रस्तावित निर्देशिकामा सूचिकृत संस्थाका सञ्चालकले अन्य कुनै पनि संस्थाको तलवी पदाधिकारी, कार्यकारी प्रमुख वा कर्मचारी भई कार्य गर्नु हुँदैन भन्ने व्यवस्था रहेकोमा सोलाई संशोधन गरी सञ्चालकले उस्तै प्रकृतिको उद्देश्य भएको सूचिकृत संस्थाको सञ्चालक, तलबी पदाधिकारी, कार्यकारी प्रमुख वा कर्मचारी भई कार्य गर्न नहुने भन्ने उल्लेख छ । तर, नेपाल सरकारले नियुक्त गरेका सञ्चालकको हकमा यो व्यवस्था लागू हुने छैन । साथै कुनै संस्थाको सहायक कम्पनी भएमा त्यस्तो सहायक कम्पनीमा मुख्य संस्थाको प्रतिनिधिको रुपमा सञ्चालक नियुक्त गर्न सकिने व्यवस्था समेत गरिएको छ ।
निर्देशिकाले गरेका अन्य व्यवस्था यसप्रकार छन्:
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19