काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से) सूचिकृत कम्पनीहरु हदैसम्मको अराजक प्रवृति देखिन थालेको छ ।
नेप्सेको सेयर सूचिकरण शाखाले गत मंसिर २६ गते नै पत्र पठाई धितोपत्र बजार मूल्यमा प्रभाव पार्ने सूचना सम्प्रेषण गर्दा सूचिकरण विनियमावलीमा भएको व्यवस्थालाई ख्याल गर्न भने पनि दिनहुँजसो कम्पनीहरुको अराजकता बाहिर आइरहेको छ ।
कम्पनीहरुको अटेरी प्रवृति र अनुशासनहीनताका कारण हिजोआज प्रत्येक दिनजसो नेप्सेले सूचिकरण स्थगन वा कारोबार रोक्काको निर्णय गरिरहेको छ । अझ भन्दा नेप्सेको वालमा कारोबार रोक्का नभएको र स्पष्टीकरण नसोधिएको कुनै दिन छैन ।
यही क्रममा नेप्सेले गरेको व्यवस्था अनुसार हकप्रद वा लाभांश सम्बन्धी निर्णय गर्दा सम्बन्धित कम्पनीको संचालक समितिको बैठक बसेको मिति र समय समेत उल्लेख गरी निर्णयलगत्तै जानकारी गराउनुपर्ने भन्ने छ ।
तर, विगतमा राम्रै मानिएका ठूला कम्पनीहरुले समेत सूचना सम्प्रेषणमा लापरबाही गर्ने गरेका छन् । कुनैमा बैठक बसेको समय उल्लेख नगर्ने, कुनै कम्पनीले सम्प्रेषण गर्ने सूचनामा बैठकको मिति उल्लेख नगर्ने । कतिपय कम्पनीले भने निर्णय गरेको ३ दिनपछि मात्र लाभांश सम्बन्धी सूचना पठाउने गरेका घटना समेत दोहोरिरहेका छन् ।
कतिपय कम्पनीले त कुन कम्पनीको लाभांश घोषणा भएको हो भन्ने कुरा नै थाहा नहुने गरी सादा कागजमा लेखेर सूचना सम्प्रेषण गर्ने प्रवृति समेत देखिएको छ ।
अरु त अरु एक जिम्मेवार कम्पनीले त लाभांश सम्बन्धी सूचना लामो समयसम्म गुपचुप नै राखेको पाइएको छ । साल्ट ट्रेडिङ लिमीटेडले लाभांश वितरण सम्बन्धी निर्णय धेरै अघि गरे पनि नेप्सेलाई भने वार्षिक प्रतिवेदन बुझाउने बेलामा मात्र त्यसको जानकारी दिएको छ । यो हदैसम्मको अराजकताविरुद्ध प्रस्तुत भएको नेप्सेले कम्पनीको कारोबार रोक्का गरी स्पष्टीकरण सोधेको छ ।
रोचक नै भन्नुपर्छ, कारोबार रोक्का भई नेप्सेले लिखित स्पष्टीकरण सोधेपछि मात्र कम्पनीले सर्वसाधारणका लागि भन्दै लाभांश सम्बन्धी सूचना प्रकाशन गरेको छ ।
यो कम्पनीले आर्थिक वर्ष २०७४/७५ को खूद नाफाबाट आफ्ना सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको कुरा मंगलबार मात्र नेप्सेमार्फत सार्वजनिक भएको हो ।
सो निर्णयको बिषयमा जानकारी गराउन नेप्सेलाई लेखिएको पत्रमा समेत कुन मितिमा बसेको संचालक समितिको बैठकले त्यो निर्णय गरेको हो खुलाइएको छैन । धेरै अगाडि बसेको बैठकको मिति खुलाउँदा आफ्नै बेइज्जत हुने डलर साल्ट ट्रेडिङले यस्तो काम गरेको हुनसक्छ ।
जानकारहरुका अनुसार यस्तो प्रवृतिले कि त नेप्सेको नियमनमै कमजोरी छ भन्ने देखाउँछ वा कम्पनीहरुको अटेरी प्रवृतिलाई मलजल गर्न कमजोर कानूनले नै सहयोग गरिरहेको छ भन्ने देखाउँछ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19