काठमाण्डौ । दोश्रो बजारमा सूचीकृत संगठित संस्थाहरुले अब धितोपत्र बोर्डले उपलब्ध गराएको ढाँचामा वार्षिक अनुपालना प्रतिवेदन तयार गरी पेश गर्नुपर्ने भएको छ ।
सूचिकृत संस्थाको कामकारबाहीलाई नियमित तथा व्यवस्थित गरी शेयरधनी लगायत सरोकारवालाहरुप्रति उत्तरदायी बनाई संस्थागत सुशासन प्रवद्र्धन गर्नका लागि ओइसिडीको संस्थागत सुशासनसँग सम्बन्धी मुख्य सिद्धान्त तथा संस्थागत सुशासन सम्बन्धी उत्कृष्ट अन्तर्राष्ट्रिय अभ्यासहरुलाई समेत दृष्टिगत गरी धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम बोर्डले सूचीकृत सङ्गठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७४ बनाई २०७५ साउन १ गतेदेखि नै लागू गरेको थियो ।
सो निर्देशिकामा भएको व्यवस्थाहरुको पालना सम्बन्धमा सूचीकृत सङ्गठित सस्ंथाहरूको परिपालना अधिकृतले प्रतिवेदन तयार गरी बोर्डमा पेश गर्नुपर्ने व्यवस्था रहेको छ ।
सो प्रतिवेदनको ढाँचामा एकरुपता ल्याउन बोर्डले संस्थागत सुशासन सम्बन्धी वार्षिक अनुपालना प्रतिवेदनको ढाँचा स्वीकृत गरी आ.ब. २०७५।७६ देखिको बार्षिक प्रतिवेदनमा लागू गर्ने निर्णय गरेको हो ।
उक्त प्रतिवेदनमा मुख्यतया सञ्चालक समिति, सञ्चालकको आचरण तथा अन्य विवरण, संस्थाको जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणाली, सूचना तथा जानकारी प्रवाह, संस्थागत संरचना र कर्मचारी, संस्थाको लेखा तथा लेखापरीक्षण सम्बन्धमा विवरण तयार गरी बोर्डमा पेश गर्नुपर्ने उल्लेख छ ।
विवरणमा के के संलग्न गर्नुपर्छ ? पढ्नुहोस् विस्तारमा:
१. सञ्चालक समिति सम्बन्धीविवरण
२. सञ्चालकको आचरण सम्बन्धीतथाअन्यविवरण
३. संस्थाको जोखिमव्यवस्थापनतथाआन्तरिक नियन्त्रण प्रणाली सम्बन्धीविवरण
४. सूचना तथा जानकारी प्रवाह सम्बन्धी विवरण
५. संस्थागत संरचना र कर्मचारी सम्बन्धी विवरण
६. संस्थाको लेखातथा लेखापरीक्षण सम्बन्धीविवरण
साथै, संस्थाले सञ्चालकतथानिजको एकाघरका परिवारको वित्तीय स्वार्थ भएको व्यक्ति, बैङ्क तथाबित्तीय संस्थाबाट ऋण वा सापटी वाअन्यकुनै रूपमा रकमलिए÷ नलिएको, सूचिकृत सङ्गठित संस्थाको वित्तीय स्वार्थ भएको कनै व्यक्ति, फर्म, कम्पनी, कर्मचारी, सल्लाहकार वा परामर्शदाताले संस्थाको कुनै सम्पत्तिकुनै किसिमले भोगचलन गरे/नगरेको, नियमकारी निकायले इजाजतपत्रजारी गर्दा तोकेको शर्तहरुको पालना भए/नभएको, नियमकारी निकायले संस्थाको नियमननिरीक्षण वा सुपरीवेक्षण गर्दा संस्थालाई दिइएको निर्देशनपालना भए/नभएको, संस्थावा संचालक विरुद्ध अदालतमाकुनै मुद्दा चलिरहेको भए सो सम्बन्धीविवरण लगायतकाविवरणहरु पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।
सूचीकृत संगठित संस्थाहरुको संस्थागत सुशासन सम्बन्धीनिर्देशिका, २०७४ बमोजिमतयार गरिने यो प्रतिवेदन सूचीकृत सङ्गठित सस्ंथाहरूको परिपालनाअधिकृतले तयार गरी सञ्चालक समितिबाट स्वीकृत गराई लेखापरीक्षकबाट प्रमाणित गराई नेपालधितोपत्रबोर्डमा लेखापरीक्षण प्रतिवेदनसँग पेश गनुपर्ने छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago