काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीहरुलाई आर्थिक वर्ष २०७७/७८ को धितोपत्रको वार्षिक नवीकरण शुल्क बुझाउन ताकेता गरेको छ।
नेप्से मंगलबार सूचना प्रकाशित गर्दै सूचीकृत कम्पनीहरुले धितोपत्र सूचीकरण विनियमावली, २०७५ का अनुसूची ३ (क) र (ख) मा भएको व्यवस्थाबमोजिम धितोपत्रको वार्षिक नवीकरण शुल्क बुझाउन ताकेता गरेको हो। नेप्सेले यही असोज मसान्तसम्म नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ। असोज मसान्तसम्म नवीकरण शुल्क नबुझाएमा नवीकरण शुल्कको वार्षिक १० प्रतिशतका दरले जरिवाना बुझाउनुपर्ने सूचनामा उल्लेख छ।
नेप्सेलाई चुक्तापुँजी ५० करोडसम्म रहेको कम्पनीले धितोपत्रको वार्षिक नवीकरण शुल्कबापत ५० हजार रुपैयाँ र ५० करोडभन्दा बढी चुक्तापुँजी भएको कम्पनीले १ लाख रुपैयाँ बुझाउनुपर्ने हुन्छ।
यसैगरी डिबेन्चर/म्युचुअल फन्डको हकमा चुक्तापुँजी ५० करोड रुपैयाँसम्म भएकाहरुले २५ हजार रुपैयाँ र ५० करोड रुपैयाँभन्दा माथि भएकाहरुले ५० हजार रुपैयाँ वार्षिक नवीकरण शुल्क नेप्सेलाई बुझाउनुपर्ने हुन्छ।
सूचीकृत कम्पनीहरुले वार्षिक नवीकरण शुल्क ग्लोबल आईएमई बैंक लिमिटेडमा रहेको नेप्सेको नेप्से अपरेटिङ अकाउन्टको नाममा रहेको खाता नं. ७५०१०१००००७७५ बुझाउनुपर्नेछ। शुल्क बुझाएको बैंक भाउचर भने कम्पनीहरुले ई–मेलमार्फत listing@nepalstock.com मा पाठउनुपर्ने नेप्सेको सूचनामा उल्लेख छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19