काठमाण्डौ । सूर्यकुण्ड हाइड्रोपावर इलेक्ट्रिक लिमिटेडले आईपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ। 

कम्पनीले स्थानीय तथा सर्वसाधारणलाई आईपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको हो। 

आईपीओ ल्याउन सूर्यकुण्ड हाइड्रोपावरले बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ। यसम्बन्धी सम्झौतापत्रमा सूर्यकुण्ड हाइड्रोपावरका तर्फबाट प्रबन्ध सञ्चालक सुकुन्तलाल हिराचन र प्रभु क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन्।