काठमाण्डौ । मर्जर प्रयोजनका लागि सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार आज (असार १३ गते) बाट रोक्का गरिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मर्जर प्रयोजनका लागि यी दुवै कम्पनीको सेयर कारोबार रोक्का गरेको हो। यी दुवै कम्पनीबीच हिजो (असार १२ गते) मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो्।
सम्झौताअनुसार यी दुवै कम्पनीबीच १ः१ सेयर स्वाप अनुपातमा मर्जरमा जाने सहमति बनेको छ। मर्जरपछि कम्पनीको चुक्तापुँजी करिब ५ अर्ब रुपैयाँ पुग्ने देखिन्छ।
हाल सूर्या लाइफको चुक्तापुँजी २ अर्ब ४२ करोड रुपैयाँ र ज्योति लाइफको २ अर्ब ५५ करोड रुपैयाँ रहेको छ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago