काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले आगामी भदौ ८ गतेदेखि १०ः७ को अनुपातमा ८८ लाख ७४ हजार ९६ कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीको गत असार ११ गते सम्पन्न वार्षिक साधारणसभाले कम्पनीको संचालक समितिले आफ्ना सेयरधनीहरुका लागि १० सेयरबराबर नयाँ ७ हकप्रद सेयर जारी गर्ने निर्णय पारित गरेको थियो । कम्पनीको उक्त निर्णयलाई नेपाल धितोपत्र बोर्डले गत साउन १६ गते अन्तिम स्वीकृति दिएपछि कम्पनीले प्रतिकित्ता रु. १०० अंकित रु. ८८ करोड ७४ लाख ९ हजार ६०० मूल्यबराबरको हकप्रद सेयर जारी गर्न लागेको हो ।

हकप्रद सेयर निष्कासन असोज १२ गतेपछि बन्द हुनेछ ।

हकप्रद सेयर जारी भएपछि कम्पनीको पूँजी बढेर २ अर्ब १५ करोडको उचाईमा पुग्नेछ ।

हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल तोकिएको छ ।

कम्पनीले गत वर्ष पनि ४० प्रतिशत हकप्रद सेयर बिक्री गरी पूँजी बढाएको थियो।