काठमाडाैँ । सूर्या लाइफ इन्स्योरेन्सले वैशाख ३१ गते देखि ४० प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले एक सय अंकित मूल्यका २८ लाख ८७ हजार ५०० कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
बैशाख ४ गतेसम्म कायम शेयरधनीहरुले हकप्रदमा बैशाख ३१ गतेदेखि असार ३ गतेसम्म आवेदन दिन सक्ने इन्स्योरेन्सले जानकारकि दिएको छ ।
इन्स्योरेन्सले हकप्रद प्रयोजनका लागि बैशाख ५ गते सेयरधनी किताब बन्द गरेको थियो ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईसि एशिया क्यापिटल लिमिटेड रहेको छ ।
शेयरधनीहरुले विक्री प्रबन्धकका साथमा सूर्या लाइफको सम्पूर्ण शाखा कार्यालय र आस्वा प्रणालीमा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो शेयरमा सूचीकृत तथा सम्पूर्ण प्रक्रिया पूरा गरेका लगानीकर्ताले समेत घरमै बसीबसी आवेदन दिन सक्नेछन् ।
हाल कम्पनीको चुक्ता पूँजी ७२ करोड १८ लाख ७५ हजार रुपैयाँ हेको छ । हकप्रद निष्कासन तथा बाँडफाँड पछि कम्पनीको चुक्ता पूँजी १ अर्ब १ करोड ६ लाख २५ हजार रुपैयाँ पुग्नेछ
बीमा समितिको निर्देशन अनुसारजीबन बीमा कम्पनीले २०७५ असार मसान्तसम्म दुई अर्ब पूँजी कायम गर्नुपर्ने छ । जसका लागि हकप्रद पश्चात् पनि कम्पनीले ९९ करोड थप पूँजी विस्तार गर्नुपर्ने छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago