काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो नौ महिनाको अवधिमा अधिकांश जीवन बीमा कम्पनीको वित्तीय स्वास्थ्य सकारात्मक देखिएको छ । यस वर्ष माइकोफाइनान्स कम्पनीमो नाफामा कमी आइरहेका बेला जीवन बीमा कम्पनीको भने वित्तीय स्वास्थ्य आशाजनक रहेको सम्बन्धित कम्पनीको तेस्रो त्रैमासिक अवधिको वित्तीय विवरणले उल्लेख गरेको छ । 

चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा इन्स्योरेन्सले ९ करोड ७७ लाख खुद मुनाफा आर्जन गरको छ । यो गत वर्षको भन्दा करीव ३८ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिसम्ममा कम्पनीको खुद मुनाफा ६ करोड ३ लाख मात्र रहेको थियो । 
 
कम्पनीले १ अर्ब ४ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ । गत वर्ष कम्पनीले ७७ करोड ६२ लाखमात्र बीमाशुल्क आर्जन गरेको थियो ।  कम्पनीको जीबन बीमा कोषमा ३ अर्ब २२ करोड रुपैयाँ रहेको छ । 


कम्पनीको चुक्ता पूँजी ७२ करोड १८ लाखको रहेको छ भने जगेडा कोषमा ३५ करोड ३४ लाख रहेको छ । बीमा समितिको निर्देशन अनुसार कम्पनीले २ अर्ब चुक्ता पुँजी पुर्याउनुपर्ने छ । यसका लागि कम्पनीले पहिलो चरणमा ४० प्रतिशत हकप्रद निष्काशन गर्ने योजना बनाएको छ । ४० प्रतिशत हकप्रद पछि कम्पनीको चुक्ता पूँजी १ अर्ब नाघ्ने भएपनि समितिले तोकेअनुसार पूँजी पुग्ने छैन । 


कम्पनीको प्रतिशेयर आम्दानी १८ दशमलव ०६ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ५५ दशमलव १६ रुपैया कामय  भएको छ ।