काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। 

नेप्सेमा साविकको सूर्योदय लघुवित्त र वोमी लघुवित्त आपसमा मर्ज भएर बनेको एकीकृत संस्था सूर्योदय वोमी लघुवित्तको नाममा कुल ७९ लाख १९ हजार ८४८ कित्ता सेयर सूचीकृत भएको हो। जसमा सूर्योदय लघुवित्तको २९ लाख ७६ हजार ५१६ कित्ता र वोमी लघुवित्तको ४९ लाख ४३ हजार ३३३ कित्ता छन्। 

सूर्योदय लघुवित्त र वोमी लघुवित्त १ः१ सेयर स्वाप रेसियोमा मर्ज भएका हुन्। नेप्सेको आजको निर्णयबमोजिम धितोपत्र दोस्रो बजारमा कारोबार हुने गरी सूर्योदय वोमी लघुवित्तको सेयर सूचीकृत भएको हो। 

एकीकृत संस्थाको पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता १३७३.४० रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ। यो संस्थालाई नेप्सेले ‘एसडब्ल्यूएमएफ’ कारोबार संकेत प्रदान गरेको छ।