काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको ५६ हजार कित्ता बढी सेयर आज असोज १२ गतेबाट बिक्रीमा राखिएको छ।
संस्थाको संस्थापक समूहको ५६ हजार १४ कित्ता सेयर बिक्रीमा राखिएको हो। यसअघि संस्थाका ७ जना संस्थापक सेयरधनीहरुको यो सेयर संस्थापक सेयरधनीहरुलाई नै बिक्री खुला गरिएको थियो। तर संस्थापक सेयरधनीहरुले खरिद नगरेपछि अहिले इच्छुक अन्य व्यक्ति तथा संघसंस्थाका लागि बिक्री खुला गरिएको संस्थाले जनाएको छ।
यो सेयरमा ३५ दिनभित्र खरिद आवेदन दिन सकिने संस्थाले जनाएको छ। यसका लागि इच्छुक लगानीकर्ताले संस्थाको सेयर रजिस्ट्रार कुमारी क्यापिटलको काठमाण्डौ नागपोखरीस्थित कार्यालयमा निवेदन दिन सक्नेछन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago