काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको १ लाख कित्ता बढी सेयर बिक्रीमा राखिएको छ।
संस्थाले संस्थापक समूहको १ लाख ६ हजार ९१२ कित्ता सेयर बिक्रीमा राखेको हो। बिक्रीमा राखिएको सेयरमा संस्थापक सेयरधनी रामेश्वरी श्रेष्ठको ८६ हजार कित्ता र देवेन्द्रकुमार श्रेष्ठको २० हजार ९१२ कित्ता छन्।
बिक्रीमा राखिएको सेयरमा हाललाई संस्थाका संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्। उनीहरुका लागि ३५ दिने म्याद दिइएको छ।
इच्छुक संस्थापक सेयरधनीहरुले ललितपुरको महालक्ष्मी–४ स्थित संस्थाको कर्पोरेट कार्यालयमा खरिद आवेदन दिन सक्नेछन्।
तोकिएको म्यादभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य सर्वसाधारण तथा संस्थालाई बिक्री खुला गरिने संस्थाले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19