काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको १ लाख बढी कित्ता सेयर आजबाट बिक्रीमा राखिएको छ। 

एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्तको संस्थापक समूहको १ लाख ८ हजार कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथ अन्य जोकोही व्यक्ति, कम्पनी तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। 

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २३७ रुपैयाँ तोकिएको छ। यसको मतलब बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ। 

लगानीकर्ताले सेयर खरिदका लागि काठमाण्डौको थापाथलीस्थित एनआईसी एसिया क्यापिटलको कार्यालय तथा एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालय र शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेतको वीरेन्द्रनगरमा बोलपत्र पेस गर्न सक्नेछन्।

बोलपत्र पेस गर्ने अन्तिम मिति जेठ २३ गतेसम्म तोकिएको छ।