काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको १ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ। 

संस्थाले एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको १ लाख ६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा संस्थापक सेयरधनीहरुसहित अन्य जोकोही व्यक्ति तथा संस्थाले आवेदन दिन पाउनेछन्। 

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य २१७ रुपैयाँ राखिएको छ। यसको मतलब बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ। 

बोलपत्र पेस गर्ने अन्तिम मिति असार १३ गतेसम्म तोकिएको छ। बोलपत्र एनआईसी एसिया क्यापिटलको कार्यालय र एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालयकका साथ शाखा विराठनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र वीरेन्द्रनगर सुर्खेतमा दिन सकिनेछ।