काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले १ लाख ६९ हजार बढी कित्ता सेयर बिक्रीमा राखेको छ। 

संस्थाले संस्थापक समूहको १ लाख ६९ हजार ५९५ कित्ता सेयर बिक्रीमा राखेको हो। जसमा संस्थापक सेयरधनीहरु रामेश्वर श्रेष्ठको ८६ हजार कित्ता, देवेन्द्रकरमा श्रेष्ठको २० हजार ९१२ कित्ता, निलमकुमार जीटीको ३ हजार कित्ता, डोलेन्द्र पौडेलको २७ हजार १८८ कित्ता, बालकृष्ण विश्वकर्माको २३ हजार ९९२ कित्ता र कृष्णबहादुर बीकेको ८ हजार ५०३ कित्ता सेयर रहेका छन्। 

यो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुका साथै अन्य व्यक्ति तथा संघसंस्थाले पनि खरिद आवेदन दिन पाउनेछन्। इच्छुक लगानीकर्ताले ललितपुरको इमाडोलस्थित संस्थाको कर्पोरेट कार्यालय र काठमाण्डौको नक्सालस्थित सेयर रजिस्ट्रार कुमारी क्यापिटलमा ३५ दिनभित्र खरिद आवेदन दिनुपर्नेछ। 

उक्त सेयरको बिक्री मूल्य बिक्रीकर्ता संस्थापक सेयरधनीहरुले तोकेबमोजिम हुने संस्थाले जनाएको छ।