काठमाण्डौ । आज अंग्रेजी नयाँ वर्षको पहिलो दिन ,लगानीकर्ताहरु नयाँ वर्षको उपलक्ष्यमा रमाइरहेका बेला नेप्से इण्डेक्समा समेत हरियाली छाएर रमायो ।
बैंकिङ उपसमूहका धितोपत्रमा अधिक आपूर्ति हुने भएकाले थोरै आपूर्ति भएको धितोपत्रमा लगानीको लहड चलिरहेका बेला आज भने होटल समूहको दबदबा रह्यो । आज सबैभन्दा धेरै कमाउने होटल्स समूहका लगानीकर्ता नयाँ वर्षको पहिलो दिन नै मालामाल बने । केही साताअघि लघुवित्त उपसमूहले उचालेको सेयर कारोबार मापक नेप्से इण्डेक्स बिमा ,कारोबार र अहिले होटल्स उपसमूहमा लगानीकर्ताहरुको अधिक आकर्षण बढेको पाइएको छ ।
साताको कारोबार चौथो दिन बुधबार होटल्स उपसमूहका समग्र सूचकमा मात्र ९.२२ प्रतिशतले बढोत्तरी आएको बजारमा सूचीकृत कम्पनीहरुमध्ये कम आपूर्ति भएका सेयर चलायमान बनाउँदै लगानीकर्ताहरु कुस्त बन्ने प्रयासमा लागेको देखिन्छ । सेक्टरवाइज लगानीकर्ताहरुको मोह र आकर्षण रहनु बजार थप बलियो गतिमै कुद्ने संकेत भएको जानकारहरुसमेत जिकिर गर्छन् ।
साताको आज चौथो दिन बुधबार सेयर कारोबार मापक नेप्से इण्डेक्स हिजोका तुलनामा ३.४७ अंकको वृद्धिले ११६९.५० अंक पुग्यो भने सेन्सेटिभ इण्डेक्स हिजोका तुलनामा ०.९७ अंकले बढ्दा २५३.२८ अंक कायम भयो ।
यस्तै आजको दिन सूचीकृत कम्पनीहरुमध्ये १७६ कम्पनीका ११ लाख ७५ हजार ३१३ कित्ता, ३७ करोड २९ लाख ८८ हजार ३०१ रुपैयाँमा कारोबार सम्पन्न भएको छ ।
यसैगरी नेप्सेको १२ उपसमूहमध्ये ८ उपसमूहमा हरियाली छायो भने बाँकी वित्त, निर्जिवन बिमा,जीवन बिमा र अन्य उपसमूह नकारात्मक रहे । आजकै दिन एकाएक होटल्स उपसमूहमा मात्र ९.२२ प्रतिशतले बढोत्तरी हुँदा होटल्सका सेयरधनीले कुस्त कमाउन सफल बने ।
सबैभन्दा धेरै कारोबार भएको कम्पनी
साताको कारोबारको चौथो दिन एकाएक होटल्स उपसमूहमा आएको उछालले लिमिटेडको मात्र ५९ हजार ९५५ कित्ता लगभग ३ करोड रुपैयाँ बराबरको कारोबार भयो । केही दिनदेखि नेपाल लाइफको पहिलो स्थान आज भने दोस्रोमा झर्न पुग्यो । नेपाल लाइफको मात्र २ करोड ६४ लाख रुपैयाँ हाराहारीको कारोबार भएकोमा दोस्रो र तेस्रो स्थान भने तारागाउँ रिजेन्सी होटल लिमिटेड र सोल्टी होटल लिमिटेडले पकड जमाए । टपटेनभित्र भने क्रमशः हिमालयन डिष्ट्रीलरी, शिवम,एनआइसी एसिया बैंक,एचआइडीसीएल,डिप्रोक्स लघुवित्त र साल्ट ट्रेडिङ कर्पोरेशन पर्न सफल रहे ।
सबैभन्दा धेरै कमाउने कम्पनी
नेप्सेमा सूचीकृत होटल्स उपसमूहमा ४ होटलमध्ये ३ होटलहरु क्रमशः तारागाउँ रिजेन्सी होटल, ओरियन्टल होटल्स, सोल्टी होटलले लगभग सर्किट हाने । तीनवटा होटलमा लगानी गरेका सेयरधनीहरु आजको दिन सबैभन्दा धेरै मालामाल बने ।
सबैभन्दा धेरै गुमाउने कम्पनी
आजको दिन गुडविल फाइनान्सको सेयरमूल्यमा ५.७९ प्रतिशतले नकारात्मक हुँदा यो कम्पनीका सेयरधनीहरुले सबैभन्दा धेरै गुमाउनु परेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago