काठमाण्डौ । आइतबार थप एक संक्रमित निको भई घर फर्किने भएका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीको लम्कीचुहा नगरपालिका–१ प्रतापपुर घर युवालाई आजै डिस्चार्ज गरिने भएको हो ।
पछिल्ला तीनवटा पीसीआर टेस्टको रिपोर्ट नेगेटिभ आएपछि उनी निको भएको निश्कर्ष निकाल्दै घर पठाउन लागिएको डा.देवकोटाले प्रष्ट्याए ।
भारतको मुम्बइबाट आएका उनलाई चैत २२ गते कोरोना संक्रमणको पुष्टि भएको थियो ।
लम्कीचुहाका २१ वर्षीय युवालाई डिस्चार्ज गर्ने तयारी भइरहेको भए पनि सेती प्रादेशिक अस्पतालमा अझै ४ संक्रमित उपचार गराइरहेका छन् । अन्यको पीसीआर रिपोर्ट भने लगातार पोजिटिभ आइरहेको छ।
यसअघि हिजो २ जना र त्यसअघि एकजना संक्रमित निको भई घर फर्किइसकेका छन् । योसहित नेपालमा निको भई घर फर्किने संक्रमितको संख्या ४ पुगेको छ ।
हाल देशमा ३१ संक्रमित छन् । बाँकी अरुको अवस्था समेत सामान्य रहेको मन्त्रालयले प्रष्ट पारेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago