काठमाण्डौ । अहिले विश्वभर कोरोनाभाइरसले आतंक मच्चाइरहेको छ।
विश्वव्यापी महामारी यो भाइरसको संक्रमणबाट बच्नका लागि हात सफा राख्न सेनिटाइजर र मास्कको प्रयोगलाई जोड दिइएको छ। जसका कारण माग बढेसँगै बजारमा पाउनै मुस्किल परिरहेको छ।
यस्तो अवस्थामा सेनिटाइजर पाइएन भएर तपाइँहरु चिन्तित हुनुहुन्छ होला। तर अब चिन्ता लिन पर्दैन। घरमै पनि हामी सेनिटाइजर बनाउन सक्छौँ।
भारतको बनारस हिन्दु युनिभर्सिटीका आईआईटीले घरमै सेनिटाइर तयार गर्ने विधि सार्वजनिक गरेको हो। युनिभर्सिटीका बायो मेडिकल विभागका एसोसिएट प्रोफेसर डा मार्सल धयालले घरमै सेनिटाइजर बनाउने विधि सार्वजनिक गरेका हुन्।
डा धयालका अनुसार करिब १०० मिलिलिटर सेनिटाइजर बनाउन ९९ प्रतिशत अल्कोहल (रक्सी), ३० प्रतिशत एलोभरा (घिउकुमारी) र सोडियम हाइड्राक्साइड (कास्टिक सोडा) चाहिन्छ। यी तीन चिजलाई मिसाएर मिक्चरमा हालेर दुई मिनेटसम्म चलाउनुपर्छ। त्यसपछि मिक्चरबाट निकालेर छानेपछि सेनिटाइजर तयार हुन्छ।
अल्कोहल (रक्सीको सट्टा आइसोप्रोपेनललाई घिउकुमारको जेलमा मिलाएर पनि सजिलै सेनिटाइजर तयार गर्न सकिने डा धयाल बताउँछन्। ‘यो निकै सरल विधि, यो विधिबाट हामीले घरमै बसेर सेनिटाइजर बनाउन सक्छौँ’, उनले भने। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago