काठमाण्डौ । सेन्चुरी कमर्सियल बैंक र वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम मौका रहेको छ।
वार्षिक साधारणसभा प्रयोजनका लागि दुवै वित्तीय संस्थाले भोलि शुक्रबार (फागुन ३० गते) देखि बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको मतलब दुवै संस्थाले प्रस्ताव गरेको लाभांश प्राप्ति र साधारणसभामा भाग लिन आज (फागुन २९ गते) सम्म सेयरधनी कायम हुनुपर्नेछ।
सेन्चुरी कमर्सियल बैंकले आगामी चैत १४ गते शुक्रबार काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आफ्नो नवौँ वार्षिक साधारणसभा डोकेको छ। सोही सभाबाट गत आर्थिक वर्षका लागि बैंकले प्रस्ताव गरेको चुक्तापुँजी ८ अर्ब ४१ करोड ५४ लाख ७१ हजार ५७६.३० रुपैयाँको १६ करोड ८३ लाख ९ हजार ४२३.७० रुपैयाँबराबरको बोनस सेयर र ४.७५ प्रतिशतले हुन आउने ३९ करोड ९७ लाख ३४ हजार ८९९.८७ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) अनुमोदन हुनेछ।
यसैगरी वोमी लघुवित्त आगामी चैत १६ गते काभ्रेको धुलिखेलस्थित जुगल होटलमा आफ्नो आठौँ वार्षिक साधारणसभा डाकेको छ। सोही सभाले संस्थाले प्रस्ताव गरेको २५ प्रतिशत बोनस र १.३१ प्रतिशत नगद लाभांश (बोनस सेयर कर प्रयोजनार्थ) पारित गर्नेछ।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago