काठमान्डौ । स्टक ब्रोकरहरुमध्येबाट भिजन सेक्युरिटिज (स्टक ब्रोकर नं. ३४)ले सबैभन्दा पहिले सेन्ट्रल केवाईसी सञ्चालनमा ल्याउने भएको छ।
सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेका अनुसार भिजन सेक्युरिटिजले सेन्ट्रल केवाईसी सेवा सञ्चालन गर्न सीडीएससीसँग आज सम्झौता गरेको हो। ‘सम्झौताअनुसार सीडीएससीले सेन्ट्रल केवाईसीको लगइन भिजन सेक्युरिटिजलाई प्रदान गरिएको छ’, उनले भने, ‘अब भिजन सेक्युरिटिजले आफ्ना सेवाग्राहीहरुलाई सेन्ट्रल केवाईसी सेवा उपलब्ध गराउनेछ।’
सेन्ट्रल केवाईसीको व्यवस्था पुँजीबजारलाई मुख्य फोकस गरेर ल्यागिएको न्यौपानेको भनाइ छ। ‘सेन्ट्रल केवाईसीको व्यवस्था लागू भएपछि लगानीकर्ताले ब्रोकर र डीपीहरुमा केवाईसी फारम भर्दै हिँड्नुपर्ने झन्झट अन्त्य हुनेछ’, उनले भने।
सीडीएससीले निक्षेप सदस्य भिजन सेक्युरिटिजसँग पहिलो सम्झौता गरी यो सेवा लागू गरेको हो। यो सेवा लागू भएपश्चात ग्राहकले विद्युतीय माध्यमवाट आफ्नो खाता रजिस्ट्रर गर्न सक्नेछन्।
ग्राहकको औँठा छाप, विद्युतीय हस्ताक्षर तथा फोटोसमेत प्रणालीमा अध्यावधिक हुनेछ। यसरी रजिस्ट्रर प्रक्रिया पूरा गरेपश्चात ग्राहकलाई प्राप्त हुने सेन्ट्रल केवाईसी नम्बर लिएपश्चात सीडीएससीबाट यो सुविधा लिएका अन्य निक्षेप सदस्य, ब्रोकरलगायतका संस्थामा खाता खोल्नुपरेमा उक्त नम्बरको प्रयोग गरी सजिलै खाता खोल्न सकिने र पुनः अर्काे फारम भर्न पर्ने झन्झटबाट ग्राहकमुक्त हुने हुँदा लगानीकर्ताहरु थप लाभान्वित हुन सक्ने भिजन सेक्युरिटिजले जनाएको छ। यसरी खोलिएका खाताहरुको विवरणसमेत अनलाइन लगइनमार्फत ग्राहक आफैँले हेर्न पाउने व्यवस्थासमेत रहेको कम्पनीले जनाएको छ।
सेन्ट्रल केवाईसीमा अद्यावधिक हुन भिजन सेक्युरिटिजले सेवाग्राहीहरुलाई आग्रह गरेकोछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19