काठमाण्डौ।सीडीएससीले सञ्चालनमा ल्याएको सेन्ट्रल केवाईसी लिने डीपीको संख्या ४४ पुगेकोछ।

सीडीएससीकाअनुसार हालसम्म सेन्ट्रल केवाईसी लिनेमा डीपी सेवा प्रदान गर्ने नयाँ र पुराना गरी ४४ वटा कम्पनी पुगेका छन्।

यसरी सेन्ट्रल केवाईसी लिएका यी कम्पनीहरुले ग्राहकको औंठाछाप, विद्युतीय हस्ताक्षर तथा फोटोसमेत प्रणालीमा अध्यावधिक गर्नेछन् ।

यसरी सेन्ट्रल केवाईसी लिनेमा अधिकांश नयाँ तथा पुराना ब्रोकर हाउस रहेका छन् । तर धेरै लगानीकर्ता रहेका मर्चेण्ट बैंकहरुले भने अहिलेसम्म सेन्ट्रल केवाईसी लिने इच्छा देखाएका छैनन् ।

स्रोतका अनुसार मर्चेण्ट बैंकहरुले सर्वसाधारणहरुबाट पैसा लिन नपाए पछि सेन्ट्रल केवाईसी लिन इच्छा नदेखाएका हुन् ।

सेन्ट्रल केवाईसी लागू भएपछि ग्राहकले विद्युतीय माध्यमबाटआफ्नो खाता खोल्न सक्नेछन्।

खाताखोल्ने प्रक्रिया पुरा गरेर ग्राहकलाई प्राप्त हुने सेन्ट्रल केवाईसी नम्बर लिएपछि सीडीएससीबाट यो सुविधा लिएका अन्य निक्षेप सदस्य, ब्रोकरलगायतका संस्थामा खाता खोल्नु परेमा उक्त नम्बरको प्रयोग गरिसजिलै खाताखोल्न सकिने र पुनःअर्को फारम भर्नु पर्ने झन्झटबाट ग्राहक मुक्त हुने हुँदा लगानीकर्ताहरु थप लाभान्वति हुने सीडीएससीले बताएको छ।

यसरी खोलिएका खाताको वविरणसमेतअनलाइन लगइनमार्फत ग्राहक आफैंले हेर्नपाउने व्यवस्थासमेत रहेको कम्पनीले बताएको छ।

हाल ब्रोकरमा मात्रै लागू भएको सीकेवाईसी बैंक तथा वित्तीय क्षेत्रमा पनि लागू हुँदै जान सक्ने सीडीएससीले बताएको छ।

तर मर्चेण्ट बैंकहरु नै सीकेवाईसीमा नगए पछि भने बैंक तथा वित्तइि क्षेत्रमा पनि लागू गर्ने योजना अलपत्र पर्ने देखिएको छ ।