 
                     
                                
                             
                                    काठमाण्डौ । कोरोना महामारीका कारण विगत ६ महिनादेखि बन्द रहेका भारतका स्कुलहरु आंशिक रुपमा खुल्ने भएका छन्।
भारत सरकारले यही सेप्टेम्बर २१ तारिखदेखि कक्षा ९ देखि १२ सम्म खोल्ने अनुमति दिएको हो। तर विद्यार्थीहरुका लागि स्कुल जान भने बाध्यकारी नहुने भनिएको छ।
सरकारी अधिकारीहरुका अनुसार यदि विद्यार्थीहरु स्कुल जान चाहँदैनन् भने उनीहरुलाई जान बाध्य पारिने छैन। जो विद्यार्थी स्कुल जान इच्छुक हुन्छन् उनीहरुलाई मात्र शिक्षकको अनुमतिमा पठनपाठन गराइने बताइएको छ।
स्कुल जान चाहने विद्यार्थीले आफ्ना अभिभावकको अनुमति पनि लिखित रुपमा लिनुपर्नेछ।
यसैगरी भारको केन्द्रीय स्वास्थ्य मन्त्रालयका स्कुल खोल्ने विषयमा एउटा १७ बुँदे गाइडलाइन तयार पारेको छ।
गाइडलाइनअनुसार स्कुल जान तयार विद्यार्थीले अनिवार्य रुपमा मास्क लगाउनुपर्नेछ। हरेक विद्यार्थीलाई कक्षाकोठामा राख्द ६ फिटको दूरी कायम गर्नुपर्नेछ।
स्कुल गएका विद्यार्थीहरुले बेला–बेला साबुनपानीले हात धुनुपर्नेछ। खोक्दा वा हाँछ्यु गर्दा मुख र नाक पूर्ण रुपमा ढाक्नुपर्नेछ।
स्कुलमा जथाभावी थुक्न प्रतिबन्ध लगाइएको छ। कोही विद्यार्थी स्कुलमा बिरामी परिहाले तत्काल प्रशासन वा शिक्षकलाई खबर गर्नुपर्नेछ।
यसैगरी विद्यार्थीहरुले सकेसम्म सेतु एप डाउनलोड गर्नुपर्ने सल्लाह दिइएको छ।
भीडभाड नियन्त्रण गर्न फरक–फरक समयमा विद्यार्थीलाई स्कुल बोलाउन भनिएको छ। विद्यार्थीहरुलाई एक–अर्काका शैक्षिक सामग्री आदानप्रदान गर्न सुझाव दिइएको छ।
स्कुल तथा स्कुल बसहरु हरेक दिन निर्मलीकरण गर्न भनिएको छ।
नेपालमा पनि लगभग ६ महिनादेखि नै स्कुल बन्द छ। हालसम्म स्कुल कहिलेदेखि खोल्ने भन्ने विषयमा निर्णय भइसकेको छ।
कोरोनाभाइरसकै कारण गत वर्षको एईई पनि हुन सकेन। एईई तयारी गरिरहेका विद्यार्थीलाई आन्तरिक मूल्यांकनबाटै नम्बर प्रदान गरिएको थियो।
हाल नेपालका अधिकांश निजी विद्यालय अनलाइनमार्फत पठनपाठन गराइरहे पनि सामुदायिक विद्यालयहरु प्रायः बन्द अवस्थामै छन्।
सरकारले रेडियो र टेलिभिजनमार्फत सामुदायिक विद्यालयका विद्यार्थीहरुका लागि कक्षा चलाइरहेको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19