काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)को रिक्त अध्यक्ष पदका लागि दरखास्त दिएकामध्ये ५ जनाको नाम छनौट तथा सिफारिस समितिले विज्ञहरुलाई बुझाएको छ ।
समितिका संयोजक तथा राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फूयाँलका अनुसार अध्यक्ष पदमा आवेदन दिएका ८ उम्मेद्वारमध्ये उनीहरुले पेश गरेको कार्ययोजना, अनुभव तथा शैक्षिक प्रमाणपत्र लगायतका कागजातका आधारमा कम्तीमा ५ जनाको नाम विज्ञहरुमा सिफारिस गर्नुपर्ने मापदण्डलाई पूरा गर्ने गरी काम भएको जानकारी दिए ।
‘हामीले कानूनमा तोकिएको मापदण्डअनुसार दरखास्त दिएका उम्मेद्वारमध्ये योग्यहरुको नाम विज्ञहरुलाई थप छानबिन तथा उनीहरुको योग्यताको बिषयमा निश्पक्ष ढंगले हेर्ने गरी जिम्मा दिएका छौ ।’ फूयाँलले भने–‘हामीले यसका लागि ३ विज्ञहरुलाई स्वतन्त्र ढंगले छानबिन तथा उनीहरुको परीक्षाका लागि तयार गरेका छौ । ति तीनै विज्ञ फरक धार तथा क्षेत्रबाट आएकाहरु छन् ।’
उनले कुराकानीको क्रममा यसपटकको छनौट कार्य पूर्ण रुपमा निश्पक्ष हुने दाबी समेत गर्न भ्याए ।
कस कसको नाम विज्ञहरुलाई दिइयो त ? भन्ने प्रश्नमा उनले अहिले नै ती नाम बाहिर ल्याउँदा छनौट प्रक्रिया तथा उम्मेद्वारहरुको परीक्षा प्रभावित हुने दाबी गरे ।
संयोजक फूयाँलका अनुसार विज्ञहरुलाई ५ कार्यदिनको समय दिएर योग्य नाम पठाइएको छ । ‘विज्ञहरुको सुझाव तथा मूल्याङ्कनलाई समेत ध्यान दिई हामी ३ जनाको नाम सिफारिस गर्नेछौ ।’ फूयाँलले भने–‘यो प्रक्रिया पूरा हुन कम्तीमा पनि अब १ साता समय लाग्नेछ ।’
छनौट तथा सिफारिस समितिले दिएका ३ नाममध्येका एकजनालाई अर्थमन्त्रीको प्रस्तावमा मन्त्रीपरिषद बैठकले बोर्ड अध्यक्षमा नियुक्त गर्नेछ ।
तत्कालीन अध्यक्ष रेवतबहादुर कार्कीको पदावधि असोज मसान्तमा सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त छ ।
केही समयअघि अर्थमन्त्रालयबाट गठित छनौट समितिले अध्यक्ष पदमा खुल्ला प्रतिस्पर्धा आह्वान गरेको थियो । जसमा ८ जनाले दरखास्त दिएका थिए ।
अध्यक्ष बन्ने दौडमा भिष्म ढुंगाना, डा. नवराज अधिकारी, निरज गिरी, सीताराम थपलिया, नरेन्द्र सिँजापति, दिल सारु मगर लगायतले दरखास्त दिएका छन् ।
आवेदन दिएकामध्ये भीष्म ढुंगाना र डा. नवराज अधिकारीको अध्यक्षमा नियुक्त हुने संभावना प्रवल रहेको स्रोतहरु बताउँछन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago