काठमाण्डौ । धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष भीष्मराज ढुंगानाले कार्यभार सम्हालेपछि कर्मचारीहरुलाई दिएको पहिलो निर्देशनमै सरकारी शैलीमा काम गर्ने बानी त्याग्न आग्रह गरेका छन् ।
उनले सो क्रममा अल्छी कर्मचारीको विषयमा आफू निर्मम बन्ने संकेत समेत गरेका छन् ।
सरकारी काम भन्दै १० बजे भन्दा ढिलो आउने र ५ नबज्दै सुइकुच्चा ठोक्ने सेबोनका कर्मचारी नवनियुक्त अध्यक्ष ढुंगानाको निशानामा पर्ने देखिएको छ ।
उनले आफू नेपाल राष्ट्रबैंकको कार्यकारी निर्देशक हुँदा ९ बजेअघि नै कार्यालय पुग्ने गरेको र राति ८ बजेसम्म पनि कार्यालयमै रहने गरेको उदाहरण दिंदै भने–‘कहिलेकाही त ८ बजे पनि काम सिद्धिदैन थियो, फेरि काम गर्न थालेपछि म घडीमा ध्यान दिन्न थिएँ ।’
उनले धितोपत्र बोर्डमा समेत कामलाई महत्व दिन कर्मचारीलाई स्पष्ट निर्देशन दिए । ‘मेरो कार्यकालमा कार्यको प्रोत्साहन र सम्मान हुनेछ ।’ उनले भने–‘सरकारी काम जस्तो गर्न भएन । आफ्नो कामको लागि पर्याप्त समय दिनुपर्छ । तपाईहरुले यस्तो कुरामा विचार गर्नुपर्ने हुन्छ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago