काठमाण्डौ। एनआईसी एशिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने एनआईसी एशिया सेलेक्ट–३० (इन्डेक्स फन्ड) नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृत भएको छ।
प्रतिइकाइ मूल्य रु. १० दरको १० करोड इकाइमध्ये बीज पुँजीबापत न्यूनतम १ करोड ५० लाख इकाइ कोष प्रबद्र्धक एनआईसी एशिया बैंक लिमिटेडलाई सुरक्षित राखी बाँकी न्यूनतम ८ करोड ५० लाख इकाइ निकट भविष्यमा नै सार्वजनिक रुपमा बिक्री गरिनेछ। एनआईसी एशिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको इन्डेक्स फन्ड सात वर्ष अवधि रहेको तेस्रो बन्दमुखी योजना हो।
यस योजनामा संकलित अधिकांश रकम धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीहरुमा लगानी गरिने क्यापिटलले जनाएको छ। यस योजनाको प्रमुख विषेशता भनेको सूचीकृत कम्पनीहरुमा लगानी गर्दा सूचीकृत कम्पनीहरुबाट राम्रा मानिएका कम्पनीहरुमध्ये ३० वटा कम्पनीहरु छनौट गरी लगानी गरिने क्यापिटलले स्पष्ट पारेको छ।
लगानी गरिने कम्पनीहरुको छनौट गर्दा विभिन्न आन्तरिक प्यारामिटरअनुसार गरिने बताइएको छ। सोहीअनुसार कम्पनीको छनौट गर्दा धितोपत्रको दोस्रो बजारमा सूचीकृत सम्पूर्ण समूह तथा उपसमूहमा समावेश भएका कम्पनीहरुबाट समेत छनौट गरेर लगानी गरिने हुँदा ३० वटा कम्पनीमा गरिएको लगानीले समग्र स्टक एक्सचेन्जमा कायम गरेको सम्पूर्ण समूह तथा उप–समूहको प्रतिनिधित्व गर्ने भएकोले एनआईसी एशिया सेलेक्ट–३० फन्डलाई इन्डेक्स फन्ड भनिएको क्यापिटलले जनाएको छ।
विशेषतः सूचीकृत कम्पनीहरुमा लगानी गर्दा ३० वटा कम्पनीहरुमा लगानी गरिने भए पनि लगानीको अवसर र चुनौती हेरी लगानी गर्ने कम्पनीहरुको संख्यमा थपघट हुन सक्नेछ र निश्चित समयपछि उक्त कम्पनीहरुको संख्यालाई पुनः मूल्यांककन गरी ३० भन्दा बढी नहुने गरी कायम गरिने बताइएको छ।
हाल एनआईसी एशिया क्यापिटलले दुईवटा बन्दमुखी योजना तथा एउटा खुलामुखी योजना सञ्चालन गरिहेको छ। साथै क्यापिटलले एनआईसी एशिया बैंक म्युचुअल फन्डअन्तर्गतको पाँचौँ योजना एन आईसी एशिया फ्लेक्सी क्याप फन्ड नामक योजना स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा दर्ता गराइसकेको छ। उक्त योजनाको विशेषता भनेको धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीहरुलाई स्माल क्याप, मिड क्याप र लार्ज क्याप गरी तीन वर्गमा विभाजन गरी उक्त वर्गहरुबाट उत्कृष्ट मानिएका कम्पनीहरु छनौट गरी लगानी गर्ने रहेको क्यापिटलले जनाएको छ।
छिटो, छरितो तथा ग्राहकमुखी सेवा दिँदै क्रमिक रुपमा लगानीकर्तामाझ लोकप्रिय बन्दै गइरहेको एनआईसी एशिया क्यापिटलले हाल म्युचुअल फन्ड, सेयर रजिस्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, सेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्शलगायतका मर्चेन्ट बैंकिङ तथा इन्भेष्टमेन्ट बैंकिङसम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आइरहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19