काठमाण्डौ । दुईवटा म्युचुअल फन्डले नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग निष्कासनको अनुमति मागेका छन्।
एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने एनआईबिएल स्टेबल फन्ड र आरबीबी म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने आरबीबी म्युचुअल फन्ड–२ले सेबोनसँग निष्कासन अनुमति माग गरेका हुन्।
कोष प्रवर्द्धक नेपाल इन्भेस्टमेन्ट बैंक र योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल रहेको एनआईबिएल स्टेबल फन्डले सेबोनसँग १ अर्ब रुपैयाँबराबरको इकाइ निष्कासनको अनुमति मागेको छ। सेबोनले अनुमति दिएमो बन्दमुखी यस योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ बिक्री खुला गरिनेछ।
यसैगरी कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंक र योजना व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङ रहेका आरबीबी म्युचुअल फन्ड–२ले १ अर्ब २० करोड रुपैयाँबराबर इकाइहरु बिक्रीका लागि सेबोनसँग अनुमति मागेको छ। सेबोनले अनुमति दिएमा बन्दमुखी यस योजनाका १० रुपैयाँ अंकित दरका कुल १२ करोड इकाइ निष्कासन गरिनेछ।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19