काठमाण्डौ । संघीय संसदको अर्थसमितिले बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिन दिएको निर्देशनको परिपालनका विषयमा नियामक निकायलाई अर्को साता डाक्ने भएको छ ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले विभिन्न मिडियामा अर्थसमितिबाट पठाइएको प्रतिवेदन बोर्डमा नआइपुगेको दाबी गर्दै आइरहेकोमा आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै अर्थसमितिले उनलाई अर्को साता डाक्ने भएको हो ।
‘संघीय संसदको सर्वोच्चता र मानमर्यादालाई कुल्चेर प्रतिवेदन आइनपुगेको गैरजिम्मेवार अभिव्यक्ति मिडियामा अध्यक्ष ढुंगानाले दिएकोमा हाम्रो आपत्ति छ । यो त संसदलाई नै नमानेजस्तो भयो ।’ अर्थसमितिका एक अधिकारीले भने ।
संसदको अर्थसमितिले बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिन उपयुक्त छ भनी दिएको निर्देशन प्रतिवेदनमा उल्लेख भएको तर प्रतिवेदन नै हाता नपरेको अभिव्यक्ति दिएका बोर्ड अध्यक्ष ढुंगानालाई थप स्पष्टीकरणका लागि अर्थसमितिले सम्भवतः यही साताको अन्तिमतिर वा अर्को साता बोलाउने स्रोत बताउँछ ।
स्रोतका अनुसार अर्थसमितिबाट पठाइएको चिट्ठी गत साउन ४ गते नै नेपाल धितोपत्र बोर्डले बुझी बुझिलिनेको सही, मिति र सहीछाप अर्थसमितिसँगै सुरक्षित रहेको छ । तर कुन प्रयोजनका लागि धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले अर्थसमितिको प्रतिवेदन नै नपाएको भन्दै अर्थसमितिको गरिमाउपर आँच पुर्याउने दिएका हुन् आफूहरुले बुझ्न नसकेको ती अधिकारी दाबी गर्छन ।
यसैगरी अर्थसमितिले दिएको निर्देशन फलोअप गर्दै कार्यान्वयनको प्रगति बारेसमेत बुझ्न अध्यक्ष ढुंगानालाई बोलाउन लागिएको हो ।
मुद्राबजार तथा पूँजीबजारसम्बन्धी अध्ययन गर्न नेकपाकी सांसद रामकुमारी झाँक्रीको संयोजकत्वमा गठित उपसमितिले तयार गरेको प्रतिवेदन अर्थसमितिले असार २६ गते शुुक्रबार पास गरेको थियो । त्यसपछि असार २९ गते नै सबै नियामक निकाय अर्थमन्त्रालय, नेपाल राष्ट्रबैंक,नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड, सिडिएससीलाई समेत अर्थसमितिले पठाएको थियो । यसरी प्राप्त भइसकेको प्रतिवेदनको विषयमा बोर्ड अध्यक्ष ढुंगानाले भने झूठा बोलेका समितिका अधिकारी दाबी गर्छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago